-Ghanashyam Shrestha

अन्जानैमा डसेर

Hollywood Khabar July 23,2020 Comments

घनश्याम श्रेष्ठ/काठमाण्डौ/७/२४/२०
खाली थियो त्यो मुटु तिम्रो,
खै कसलाई आज भित्रा भित्रै सजाईछेउ !
निस्ठुरी तिमि के साह्रो हो कुन्नि,
एकोहोरो मलाई रोईरहने बनाईछेउ !!

झुपडी एउटा नभएको बेला,
महलमा सजिने सपना बुनिछेउ !
जिन्दगिभर रमाउने मन थियो मेरो
क्षणिक सुखमा भुलाउने शहर खोजिछेउ !!

खहरे थियौ डाँडा पाखा बग्ने,
नदी बनि तिमिले सागरै पो खोजिछेउ !
सुबास छर्ने फूलबारी थियो मन
मरुभूमि जस्तै कामै नलाग्ने बगरै बनिछेउ !!

मरिहत्ते गर्थेउ यै डाली माथि,
फिरन्ते चरीले जस्तै डाली पो फेरिछेउ !
मेरै नाम लिने सधै त्यो लाली ओठले,
सिउँदो त अर्कैको नामको पो भरिछेउ !!

कर्के हेराई त्यो छड्के नजरैले,
अन्जानैमा डसेर तिमीले घाइते बनाईछेउ !
राम्री त सार्है थियौ नि तिमि,
त्यसमाथि झन् लाली पाउडर पो घसिछेउ !!

मिठो मिठो मुस्कान, लज्जालु बोलि,
त्यो तिम्रो भुतुक्कै पारिछेउ !
ठुलो आशा पो थियो, त्यो जोबनको मलाई,
हेर्या हेर्यौ पो बनाईछेउ !!

तीर नै पो हो कि तिखो,
त्यो तिम्रो नजर, मुटु भित्रै पो घोचिछेउ !
घाइते बनाई तिमीले मलाई,
श्रावणको बर्षात झैँ धरधरी रोई रहने पारिछेउ !!