प्रधानमन्त्री केपी शर्मा ओली

कोरोना महामारी सबैको चुनौती हो, सरकारको कामले मात्रै नियन्त्रण हुँदैन : प्रधानमन्त्री

Hollywood Khabar August 03,2020 Comments

२० साउन काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन्।प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले परामर्श बैठकमा भनेको कुरा उल्लेख गर्दै उनका सञ्चासर विज्ञ रामशरण बजगाईंले भने, ‘कोराेना नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ भन्नुभयो ।प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन्। ‘कहिले लकडाउन किन गरेको भनेर विरोध,कहिले लकडाउन किन खोलेको भनेर विरोध,’प्रधानमन्त्रीको भनाइ थियो।‘यो महामारी सबैको चुनौती हो,कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न।जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन।’

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए।संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनले बताए।उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्नेरनगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिएको बजगाईंले जानकारी दिए ।