-दोश्रो छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड

दोस्रो छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड दुबइमा सम्पन्न -तस्विर सहित

Hollywood Khabar December 17,2019 Comments

२ पुस, काठमाडौं ।दोश्रो छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको बर दुबइस्थित एभरेस्ट क्लवमा भव्य समारोहका बीच सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले शुरु गरेको अन्तर्राष्ट्रिय अनर अवार्ड  नेपाली चलचित्र, गीत–संगीत, पत्रकारिता,साहित्य,समाजसेवा,खेलकुद चित्रकला,लगायतका क्षेत्रमा उलेखानिया योगदान दिएका व्यक्तिको सम्मानका लागि गतबर्ष बाट  प्रदान गरिंदै आएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए।

कलाकारिता क्षेत्रकी हाँस्य साम्राज्ञी बसुन्धरा भूसालको सभापतित्वमा  बर दुवईमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डमा वरिष्ठ संगीतकर्मी शम्भुजित बाँस्कोटालाई संगीत सितारा को उपाधी प्रदान गरिएको छ ।तेसैगरी  भुसाल र वरिष्ठ गायिका देविका बन्दनालाई  कदर पत्रले सम्मान प्रदान गरिएको छ।गत वर्ष अनर अवार्डमा  भूसाललाई  विशिष्ट अभिनेत्री सम्मान र बन्दनालाई  विशिष्ट गायिका सम्मान प्रदान गरिएको थियो ।

दोस्रो अनर अवार्डमा डेड दशकदेखि पत्रकारिता क्षेत्रमा अनवरतरुपमा क्रियाशील रही स्थानिय देखि राष्ट्रिय तथा अन्तरास्ट्रिय पत्रकारिता जगतमा छुट्टै पहिचान बनाउन  सफल नेपाल पत्रकार महासंघ तनहुँकी उपाध्यक्ष सोनी शर्मालाई  इच्छा पत्रकारिता प्रदान गरिएको थियो।तेस्तै मोफसलका रंग पत्रकारिता पुरस्कारबाट ध्रुवराज न्यौपाने (डि.आर.एन.) दाङ, दुबईमा कार्यरत पत्रकार लक्ष्मण खनाललाई इच्छापत्रकारिता सम्मान, कुवेर गिरीलाई रंग पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।तेस्तै पत्रकार एवं चलचित्रकर्मी मनोज केसीलाई कलाकर्मी सम्मान प्रदान गरिएको थियो भने गीतकार माधव निर्देषलाई सम्मान पत्र प्रदान गरिएको थियो।

तेस्तै गजल गायनमा बलराम राजवंशीलाइ अनर अवार्डबाट सम्मान गरिएको थियो भने गीतकारमा डी.आ. उपाध्यय, नव गायक हिमाल श्रेष्ठ, नव मोडल कमला महत (सोनाक्षी), गायक मिन गुरुङ, नृत्य निर्देशक सुरेन्द्र बसेल, गायिका शुशीला पाठक, एरेञ्जरतथा संगीतकार योगेश काजीले आधुनिक संगीत विधामा अनर अवार्ड प्राप्त गरे ।

त्यस्तै उत्कृष्ट संगीत उत्पादक कम्पनीमा पशुपति म्यूजिक प्रा.लि. एवं दशकको अवार्ड लोकसंगीतमा कस्तुपराज पन्त, आधुनिक संगीतमा सन्तोष श्रेष्ठ एवं गीतकारबाट लोकराज अधिकारिले अनर अवार्ड प्राप्त गरेका छन् ।त्यस्तै लोक संगीत तर्फ भने गायक विक्रम राना, मोडल दिपाशा विसी, नव मोडेल सजिना लामिछाने (सुर्य कुमारी)ले अनर अवार्ड प्राप्त गरे।त्यस्तै पपुलर संगीत तर्फ मोडल दिपेन्द्र सोनाम, नायिका÷गायिकाको रुपमा सारिका घिमिरेलाई अनर अवार्ड प्रदान गरियो ।

कार्यक्रममा चलचित्र तर्फ अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता सितल केसी, निर्देशक मिलन चाम्स, चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई, हाँस्य कलाकारमा गोपाल ढकाल छन्दे, चलचित्र प्रदर्शकमा ओम प्रकाश जैसी (काशी सिनेमा, भैरहवा), प्राविधिक तर्फ रेकर्डिष्ट तथा साउण्ड डिजाइनर सुनयमान श्रेष्ठ, टिभी÷चलचित्र कलाकारमा ऋतु बहादुर क्षेत्री, रंगमञ्च तर्फ नृत्याङ्ना शुशीला थापा एवं साहित्य तर्फ जे सागर (प्रवास, दुवई) ले अनर अवार्ड प्राप्त गरेका थिए ।

तेसैगरी मोडल आशिष पुरुष, नृत्यकार दिपक गुरुङ, निर्देशक माधव खरेल, कलाकार श्रीदेव भट्टराई, नृत्य निर्देशक सुर्यकला आचार्यलाई कलाकारीता सम्मान, समाजसेवी विष्णु प्रसाद पुडासैनीलाई युवा व्यवसायि सम्मान, समाजसेवी चन्द्र प्रसाद सापकोटा, समाजसेवी महिमा पोखरेल, समाजसेवी मणि प्रसाद भुर्तेल, समाजसेवी मोहन थापा, समाजसेवी पुर्ण प्रसाद लिम्बु, समाजसेवी राजेन्द्र शर्मा, समाजसेवी सोमा खत्री एवं समाजसेवी मोहन शर्मा लाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममाा सन्तोष श्रेष्ठ, योगेश काजी, सारिका घिमिरे, विक्रम राना, मञ्जु थापा लामा आदिले गायन प्रस्तुति दिएर कार्यक्रमलाई रमझम बनाएका  थिए ।त्यस्तै दिपाशा विसी, शुशीला थापा, सविता रेग्मी आदिको नृत्यले माहोल तातेको  थियो । त्यस्तै लोक गायनमा कस्तुप पन्त, वरिष्ठ गायिका देविका बन्दना एवं संगीतकार गायक शम्भुजित बास्कोटाले दुबईबासीलाई उत्साहित बनाउँदै गाएर नचाइदिएका थिए । कार्यक्रममा गोपाल ढकाल छन्देले हाँस्य प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घोषण जे सागर, श्रीदेव भट्टराई एवं लोकराज अधिकारीले गरेका थिए ।