तस्बिर साभार वेब

दुई कर्मचारीबाट कुटिए उपसचिब प्रेम संजेल

Hollywood Khabar July 31,2020 Comments

१७ साउन विराटनगर। भ्रष्टाचारको विरोध गरेर चर्चामा आएका उपसचिव प्रेम संजेलमाथि कार्यकक्ष मै कुटपिट भएको छ।श्रम तथा रोजगार कार्यालय विराटनगरमा करारमा कार्यरत कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटाले संजेलमाथि हातपात गरेका हुन्।केही कुरा गुर्नछ भन्दै शनिबार विहान संजेलको कार्यकक्षमा प्रवेश गरेका उनीहरुले चप्पल, पम्प्चिङ् मेशिन लगायतले हानेको बताइएको छ।

भट्टराई र सापकोटा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेको बताइएको छ।प्रहरीले दुवै कर्मचारीलाई नियन्त्रण लिएको छ। महिला कर्मचारीहरुलाई संजेलले काममा पेल्ने गरेको र गाली गर्ने गरेको बताएको प्रहरीले जनाएको छ ।