-फिप्नाले २४ वटा संस्थालाई विभिन्न सामग्री प्रदान गर्यो

फिप्नाले २४ वटा संस्थालाई विभिन्न सामग्री प्रदान गर्यो

Hollywood Khabar July 16,2020 Comments

जुलाई १७, २०२०

प्रेश विज्ञप्ती

आदरणीय जनसमुदायमा हार्दिक नमस्कार, विगत ७/८ महिना देखी संसारभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाईरस ( Covid -19) संक्रमणले आम जनजीवन अस्तव्यस्त बनाईरहेको छ। अझै पनि यसको सहि उपचार विधी र औषधि वैज्ञानिकहरूले पत्ता नलगाएको अवस्था छ।

यो वेला यसवाट सुरक्षीत हुने उपायाहरू अपनाउने तथा यो रोग लाग्न नदिन विशेष सावधानीहरू अपनाउनु नै अहिलेको प्रमूख उपाया हो। नेपाल आदिवासी जनजाति महासंघ अमेरीका FIPNA द्वारा आफ्नो कर्तव्य सम्झी यो महामारीमा थोरै भए पनि आफ्नो नेपाली समुदायलाई मानविय सेवाको भावले सहयोग गर्न फ्रन्ट लाईनमा बसेर विभिन्न स्वास्थ्य सामाग्रीहरू वितरण गरीएको छ। फिप्नाद्वारा सुरूवातमा विभिन्न सचेतनामूलक सन्देशहरू प्रवाह गरीएको छ।

नेपाली राजदुतावास वासिङटन डिसी, नेपाली महावाणिज्य दुतावास न्यूयोर्क अमेरीका, न्यूयोर्क सिटीका मेयरको कार्यलय तथा नेपाली अमेरीकन समुदायमा क्रियाशील विभिन्न सामाजिक, राजनीतिक संघ संस्थाहरू तथा व्यक्तीहरूसंग विशेष छलफलहरू गरी सहकार्य गर्ने, संवाद तथा सुचना आदान-प्रदान गर्ने र संगै मिलेर कोरोना भाईरसलाई पराष्त गर्नेमा एकजुट गराउने पहलहरू हामी सबै पक्षवाट भएको छ। हामीले निरन्तर हाम्रो समुदायको सेवामा लाग्यौ, हाम्रा स्वयंसेवकहरूले पिडितहरूको घरदैलोमा पुगेर आवश्यक सेवाहरू गरेका छन्, सम्पूर्ण स्वयंसेवकहरू प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

सुरूवातमा न्यूयोर्कमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरू र सामाजिक अभियन्ताहरू समेतलाई समेटेर हाम्रो समेत अगुवाई र पहतमा “कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह, न्यूयोर्क निर्माण गरी सबैलाई मानविय सेवामा एकताबद्द गराउने काम भयो। सोही अनुसार फिप्नाले सबैसंग सहकार्य गर्दै पिडितहरूको सेवामा निरन्तर कार्य गरीरहेको छ।हामीले गत मार्च २० देखी जुन २०,२०२० सम्मको कार्य प्रतिवेदन समेत यसै विज्ञप्तीको साथमा प्रस्तुत गरेका छौ ।

न्यूयोर्क गत मार्च महिना देखी जुन महिना सम्म नै कोरोना संक्रमणको केन्द्रविन्दु नै बन्न पुग्यो त्यस वेला फिप्नाले संस्थागत रूपमा विभिन्न २४ वटा क्रियाशील संघ संस्थाहरूलाई विभिन्न स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको छ। साथै फिप्नाको स्वयंसेवकहरू द्वारा प्रत्येक आवश्यक व्यक्तीहरूमा पुगेर पनि वितरण गरिएको छ। त्यसक्रममा टाईनल - २६०० प्रति ,KN95 माक्स -२६६५ प्रति, सर्जिकल माक्स- ८२५० प्रति, हेण्ड ग्लब्स-१७६५० प्रति, हेण्ड सेनिटाईजर २३७ प्रति, Hand , थर्ममिटर १५ प्रति फिप्नाको कार्यलयबाट वितरण गरिएको छ। यो क्रममा एक हजार दुई सय एक्काईस परिवारमाको घरदैलोमा प्रत्यक्ष पुगेका छौ।

यसका अलाभावा फिप्नाका १७ वटा सदस्य संस्थाहरू वाट प्रत्येक संस्थागरूले टाक्स फोर्स निर्माण गरी आफ्नो समुदाय/ सदस्यहरूको घरदैलोमा आवश्यक औषधि, माक्स, ग्लब्स, सेनिटाईजर, थर्ममिटर, साथै ग्रोसरीहरू गरीएको छ। नेपाली अन्तराष्ट्रीय विद्यार्थीहरूलाई समेत ग्रोसरी तथा नगत सहयोगहरू भएको छ। त्यसमार्फत हजारौ नेपाली समुदायको घरदैलोमा फिप्ना र यसका सदस्य संस्थाहरू पुगेका छन् । त्यतीमात्र होईन आफ्नो समुदायका सदस्यको मृत्यु भएका व्यक्तीको परिवारलाई आर्थिक भार नपरोस भनेर आर्थिक सहयोगको अभियान समेत सबैले सन्चालन गरी परिवारलाई बुझाएको छ। त्यसैले हामीले हाम्रो संघ संस्थाहरू , फिप्नाको सदस्य संजालहरू मार्फत आपत्कालिन अवस्थामा सबैले उच्च मानविय सेवामा समर्पित भएका छौ ।

यसविचमा हाम्रा सहयोगी मनहरूसंग हामी जोडिन पुगेका छौ। समुदायमा हाम्रो संस्थागत मानविय सेवाको गतिविधिहरूलाई हेरेपछी हामीलाई विभिन्न पेशा व्यावसायीहरू, संघ संस्थाहरू देखी न्यूयोर्क स्थित स्थानिय सरकारका विभिन्न कार्यलयहरूवाट समेत सहयोग प्राप्त भएको छ। सबै सहयोगी महानुभावहरू संघ संस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ। हाम्रा सम्पूर्ण स्वयंसेवक मित्रहरूप्रती हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछौ।

हामीलाई थाहा छ यो समय सम्म आईपुग्दा पनि अमेरीकाभरी संक्रमण बढ्दो क्रममा नै छ। आजको मिति सम्म हाम्रा प्रिय नेपाली समुदायबाट न्यूयोर्कमा १२ जना तथा अमेरीका भरीमा २१ जना भन्दा बढीले ज्यान गुमाउनु परेको छ। सम्पूर्ण मृतात्माप्रती भावपूर्ण श्रदान्जली व्यक्त गर्दछौ । संयुक्त राज्य अमरीकामा हाल सम्म 3,694617जनालाई कोरोना भाईरस लागेको छ भने 141149 जनाको मृत्यु भईसकेको छ। कोरोना भाईरस (Covid-19 ) वाट आफू वाचौ र अरूलाई पनि वचाऔं।

लोक चेम्जोङ

अध्यक्ष- फिप्ना