-घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कमा थप मनोनयन

घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कमा थप मनोनयन

Hollywood Khabar August 13,2020 Comments

न्यूयोर्क/८/१३/२०

घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कले महासचिवमा छोन्जोम लामा, कोषाध्यक्षमा थुप्तेन सोपा र सेन्टुन लामालाई मनोनित गरेको छ। बुधबार बसेको कार्य समितिको बैठकले घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको रिक्त रहेका तीन वटा पदपूर्ती गरेको हो। नबनियुक्त महासचिब छोन्जोम लामा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) केन्द्रीय कार्यसमिति न्यूयोर्कको कोषाध्यक्ष पनि हुन् ।

अध्यक्षमा निमा ल्हमो, उपाध्यक्षमा गराब दोर्जे र सदस्यहरुमा निमा छिरिङ घले, शेराव हिराचन र कृष्ण गुरूङ निर्वाचित भएका थिए भने सल्लाहकारहरुमा पासाङ लामा, बुद्धि गुरुङ, मोहन पुनेल र कार्साङ लामा रहेका थिए।

बाँकी रहेका रिक्त पदहरु भने बुधबारको बैठकले पदपुर्ती गरेको संस्थामा निवर्तमान अध्यक्ष छिरिङ राप्के लामाले बताए। घ्याल सुम्दो सेवा संस्था अमेरिकामा १६ वर्षअघि स्थापना भएको सामाजिक संस्था हो। यसले स्थापना कालदेखि नै सामाजिक काम गर्दै आएको छ। स्थापना कालदेखि नै यो संस्थाले नेपाल र अमेरिकामा रहेका नेपाली र अन्यका लागि पनि सहयोग गर्दै आएको अध्यक्ष निमा ल्हमोले बताए।