-नेपाली जनसम्पर्क समिति अमेरिकाको बैठक सम्पन्न र विभिन्न बिभागहरु गठन

नेपाली जनसम्पर्क समिति अमेरिकाको बैठक सम्पन्न र विभिन्न बिभागहरु गठन

Hollywood Khabar July 19,2020 Comments

जुलाई १९, २०२० का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्चुअल बैठक समितिका सभापति धनन्जय नरसिंह केसीको सभापतित्वमा बसी विभिन्न निर्णय गरिएको कुरा महासचिव सुभाष घिमिरेबाट जानकारी प्राप्त भएको छ।

नेपाली काॅंग्रेसद्वारा अनुमोदित नेपाली जनसम्पर्क समिति अमेरिकाको विधान बमोजीम विभिन्न विभागहरू गठन गरेर विभागीय संयोजक नियुक्त गर्ने काम सम्पन्न भएको जनाइएको छ।

अनुशासन विभाग- संयोजक मुक्तिनाथ पन्त, सदस्यहरु सुरेश हमाल (वेग) र अर्जुन बम

संचार विभाग-संयोजक अनन्तराज सुवेदी र संयोजकले ९ सदस्यीय समिति बनाई कार्यसमितिको आगामी बैठकमा पेश गर्ने

संगठन विभाग-संयोजक आंगछिरिंग शेर्पा, सचिव संगीता सेन्चुरी र जम्मा ९ सदस्यीय समिति बनाई संयोजकले कार्यसमितिको आगामी बैठकमा पेश गर्ने

युवा सशक्तिकरण विभाग- संयोजक-अनुप अधिकारी र संयोजकले ९ सदस्यीय समिति बनाई कार्यसमितिको आगामी बैठकमा पेश गर्ने

प्रशिक्षण विभाग-संयोजक खड्ग उप्रेती, संयोजकले ९ सदस्यीय समिति बनाई कार्यसमितिको आगामी बैठकमा पेश गर्ने त्यसैगरी समितिले डिल्ली बहादुर भण्डारीलाई सल्लाहकारमा मनोनयन गरको छ। बैठकले वीपी स्मृति दिवश मनाउन सल्लाहकार तथा पूर्व संयोजक विष्णु सुवेदी र कृष्ण लामिछानेले संयोजन गरेर जाने बताइएको छ। यसबाहेक समितिले छिट्टै एक पग्त्रकार सम्मेलनको समेत आयोजना गर्ने भएको छ।