-कालाे कि सेताे ? केहीकाे चस्मा घरमै छुटेकाले भेद खुलाएनन्

कालाे कि सेताे ? केहीकाे चस्मा घरमै छुटेकाले भेद खुलाएनन्

Hollywood Khabar December 18,2019 Comments

आचार्य पीपलमणि सिग्देल/न्यूयाेर्क/१२/१९/१९

अचानक सहरमा मृग देखियाे!
कसैले कालाे रहेछ भने
कसैले सेताे पाे हाे त भन्दै पाखुरा सुर्किए!
लामाे चर्चा भयाे, हेरियाे, देखाइयाे,
लामाे छानविन भयाे,
बयान, बहस, पैरवी भयाे
मतदान हुँदा कालाे रहेछ भन्नेकाे केही मतले जित भयाे !
अब कुराे राेकिएन
अर्काे स्थानमा बहस हुनेछ !
घन्टाैं पेलापेल र हाेचाघाेचकाे
तानातान र हानाहानकाे
न्वारानदेखिकाे बल लगाएर !
तर पहिला नै दुधेलु चस्मा बाँढिएकाले
सेताे नै हाे भन्नेकाे जित हुनेछ ।
केही दिदी र दाइकाे चस्मा घरमै छुटेकाले
याे पाला क़ालाे -सेताेकाे भेद खुलाएनन् !
माथिकाले तल हेरेर
तलकाले माथि हेरेर, साेधेर,
आज्ञा लिएर कालाे या सेताे भनिरहे ।
कालाे-सेताेकाे मुद्दा कराेडाैं जनतासम्म पुग्नेछ
झन्डै आधाले कालाे हाे भन्नेछन्
आधाले सेताेमै मत दबाउने छन् ।
कतै महाअभियाेग ! कतै महासमर्थन !
कसैकाे कालाे दिन कसैकाे सेताे दिन !
कतै नयाँ युग त कतै प्रतिगमन ।
कठै मेराे जिन्दगी
कालाे सेताेकाे भेद नजान्दै !
ज्ञान नपाउँदै !
स्वतन्त्र दृष्टिकाे आँखा नखुल्दै
तेराे मेराे नचिन्दै
तल र माथि भन्दै
चस्मा खाेल्दै अनि पुछ्दै
फेरि लगाउँदै
जाने रहेछ !
अनि प्यारी तिमी नै भन ..
मृग कालाे रहेछ कि सेताे!!!!