-NRNA NCC Spain Official LOGO

लेखेकै भरमा पत्रकार लामिछाने बिरूद्द एनआरएनए एनसीसी स्पेनका अध्यक्ष

Hollywood Khabar July 28,2020 Comments

रमेश लामा/काठमाडौ/७/२९/२०

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) स्पेनले लेखेकै भरमा राईट नेपाल अनलाईनका सम्पादक तथा अन्य संचारका समेत प्रतिनिधि रहेका भोला लामिछानेका बिरूद्द गतिबिधि गरेको छ।

स्पेनमा रहेका करिब ५० संघ संस्थाहरूको हवाला दिंदै लामीछाने बिरूद्द झुट्टो प्रचार गरेर सिड्गो नेपाली समुदायमा लज्जाबोध गरेको छ। कोभिड १९ को समयमा भएका गलत गतिबिधिलाइ समाचार बनाएर संप्रेषण गरेको कारण उनि बिरुद्ध यो कदम चालिएको हो। पत्रकार लामिछाने सहित हाम्रो नेपाल हामी नेपाली सामाजीक संस्थाले स्पेन लक डाउनको समयमा विश्व भरबाट एनआरएन अभियन्ताहरूसंगै आएको राहत घर-घरमा लगेर बितरण गर्दैगर्दा एनआरएनए एनसीसी स्पेनले वास्ता नै गरेन। तर अमुक ब्याक्तीहरू र बिचौलिया भनेर प्रतिकृया दिंदै बस्यो। त्यो समय प्रेस बिज्ञ्यप्ती नै निकालेर हचुवा र हावा कुरा बाहिर ल्यायो। आफू पनि काम गर्ने अरुले गरेको पनि बिरोध गर्ने काम गर्दै बस्यो।

कास्की घर भएका बार्सिलोनामा लुटिएका पिडित एक युवकलाई कास्की समाज स्पेनका अध्यक्षले वास्ता नगरेपछि स्वयम पत्रकार लामिछाने, हाम्रो नेपाल हामी नेपाली सामाजिक संस्थाका अध्यक्ष सन्त बहादुर क्षेत्री, क्षेत्री समाज स्पेनका अध्यक्ष सोनु रावत, पिडित युवकका चिनजानका व्याक्तीहरू सबैको सहयोगमा सहयोग गरिएको थियो। पार्कमा रात बिताएका पिडित ब्याक्ती (पिडितको सबै डिटेल्स गोप्य राखीएको) लाई बस्ने खाने ब्यबस्था गरि पोर्चुगल सम्मको टिकट कटाएर पठाएको सत्य समाचारका संप्रेषण गरेका थिए। सो समाचारलाइ कास्की समाज स्पेनका अध्यक्षले सम्पादक लामिछानेले गलत समाचार सम्प्रेषण गरेको भनेर आरोप लगाउदै एनआरएनए एनसीसीमा पत्र काटे।

उता पत्रकार लामिछानेलाई जानाकारी समेत नदिई बिना छलफल एनआरएनए एनसीसी स्पेनले निर्णय गरेर पत्रकार लामिछाने बिरुद्धको निर्णय भन्दै सार्वजनिक गरेको छ। एनआरएनए एनसीसी स्पेनमा जुलाई २१, २०२० मा आएको उक्त बिषय संघले दुबै पक्षलाई सोधपुछ नै नगरी एकातर्फी रुपमा उल्टै पत्रकारलाई दोष देखाएर संस्थागत निर्णयको हवाला दियो।

एनआरएनए एनसीसी स्पेन सत्य समाचार लेखेकै भरमा, कर्तुत लेखेकै भरमा आफ्नो कर्तुती लुकाउन संचारकर्मीलाइ तल्लो स्तरको काम गरेको पुगेको छ। २१ जुलाई देखी नै स्पेनमा रहेका सबै संघ संस्थालाई पत्र नै काटेर २७ जुलाई ५ वजे एनआरएनए एनसीसी स्पेनको कार्यालयमा बैठकमा आमन्त्रण गर्न भ्याउने एनआरएनए एनसीसीले पत्रकार लामिछानेलाइ भने सोध्न सम्म आवश्यक ठानेन। समाचारको सत्यता नभएको भए खण्डन पठाउन सकिन्छ, सोध्न सकिन्छ तर लेखेकै भरमा बिना जानाकारी संघले स्पेनमा रहेका संघ-संस्थाको हवाला दिएर झुट्टा विज्ञप्ति निकाल्नुको तुक के रहन्छ ?

सम्पादक लामिछाने बिरुद्धको सो विज्ञप्तिप्रति एनआरएनए एनसीसी स्पेनका महासचिव र प्रवक्ताले आफुहरुबाट सो कदम गलत भएको स्वीकारेका छन्। उनीहरुले जे नाती कुरा यो बिषयमा एनसीसीबाट आएका छन् त्यो सबै अध्यक्षको आफ्नै एकल निर्णयको घोषणा माग्त्र हो भनेका छन्। बैठकको निर्णय होइन अध्यक्षले बैठकमा सुनाइएको एकल निर्णय हो। यसप्रति संघ जिम्मेवार हुन् सक्दैन। त्यसैगरी बैठकमा नबोलाइएका र उपस्थित नभएका संघका अन्तराष्ट्रिय परिषद (आईसीसी) सदस्यहरू, उपाध्यक्षहरू, सदस्यहरूले अध्यक्षको सो कदमको बिरोध गरेका छन्। सो कदम प्रति क्षेत्री समाजका महासचिव, तामाडं समाजका अध्यक्षले समेत असहमति जनाएका छन्।

सप्रमाण लेखेकै भरमा आफ्नो कर्तुत लुकाउन एनसिस स्पेनका अध्यक्षबाट गरिएको यो हर्कतको राईट नेपालका संपादक भोला लामिछानेले हाँसेर जवाफ दिए। दुनियाँलाइ थाहा भएको तर यो एनसीसी स्पेनका अध्यक्षलाइ अपाच्य भएकोले आफूले गरेका अरु कर्तुत बाहिर आउला भनेर यसो गरेका हुन भन्ने कुरा सबैलाई थाहा छ। उनीप्रति दया लागेको छ, लामिछानेले भने।

कोभीड १९ माहामारीमा एनआरएनए एनसीसी स्पेनले के कती काम गर्यो, राहत बितरणका बारेमा के के भयो, पिडितले राहत पाएकै हुन भने कती पिडितले कती यूरोको दरले राहत पाए यस्ता दर्जनौ प्रश्न लुकाउन यो हर्कत गरिएको हो। यस्ता गलत प्रवृतिको खुलेर बिरोधमा लेख्न नपाउने त्यो पनि युरोपमा ? जहाँ पारदर्शिताको कुरा आउँछ त्यहाँ यस्तै हुन्छ।