-व्यासाचार्य भुवन गुरु, अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटन सद्भावना दुत, नेपाल सरकार

महायज्ञमा चन्दा आतंक र पण्डितहरुले प्रतिशत लिने गर्नाले धर्म र ज्ञानमा विकृति आएको छ

Hollywood Khabar January 21,2020 Comments

व्यासाचार्य भुवन गुरु, अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटन सद्भावना दुत, नेपाल सरकार/१/२२/२०

व्यासाचार्य भुवन गुरुले महायज्ञ चन्दाको लागि आयोजना गर्ने गरिएको र त्यसबाट आर्थिक आपरदर्शिता र धार्मिक ज्ञान कम हुने गरेको कुरा बताएका छन्। गुरुले यसलाई संस्थागत गर्न नेपाल सरकार समक्ष कानुन बनाउनको लागि प्रस्तावना पेश गर्ने योजनामा रहेको पनि बताएका छन्।

पण्डितलाइ दिने दान हो र पण्डितले लिने दक्षिणा र दानको भेटी हो। यसको निर्धारण धार्मिकजन र यजमानहरुको अन्तरात्माले आफ्नो दक्षता अनुसार गर्ने हो। यहि बिधि हो। धार्मिकजनहरुले प्रसन्न भएर दिने र ब्रमणहरुले खुशीले लिने कुराले धार्मिक अर्थ राख्दछ। अन्यथा यो ब्यापार हो दान र धर्म होइन अनि यसबाट पुण्य पनि कमाउन सकिंदैन।

तर आजकल महायज्ञले धेरैलाइ घरबार विहिन र परिवारलाई विचल्ली पनि बनाइरहेका तिता घटनाहरु हाम्रा समाजमा देखा परिरहेका छन। महायज्ञ गर्नुभन्दा अगाडी यति आर्थिक संकलन गर्दिन्छु भन्दै पण्डितहरुले आयोजकलाई आश्वासन दिने गरेका छन्। अनि सो अनुरुप आफ्नो भागमा निश्चित प्रतिशत कमिशन लिने गरेका छन्। त्यसका लागि उधारो समिति, आयोजकलाइ जिम्मेवारी दिने अनि महायज्ञ सकिएपछि पैसा उठाउन घर घरमा हिंड्नु पर्ने यावत कारणले गर्दा सिङ्गो धर्मप्रति नै अनास्था पैदा भएको छ।

समाजका धार्मिक आस्थावान समुदाय महायज्ञको नाम सुन्ने वित्तिकै तर्सने, पुराणको नाम सुन्नै नचाहने जस्ता विकृति हाम्रा समाजमा ज्वलन्त उदाहरण बनिसकेको अवस्था छ। यसलाई शिघ्र नसच्याउने हो भने अबको केहि वर्षपछि भागवत पुराण र अन्य धार्मिक पर्व आयोजना गर्ने वातावरण बन्न सक्ने स्थिति नै रहने छैन !

लाखौं भक्तहरुको गुनासो यहि सुनिन्छ कि महायज्ञ भनेर पुराण सुन्न गयो दिनभरिमा एउटा ज्ञानगुनका कुरा सुन्न पाइदैन। खाली फलानाले यति पैसा दियो, फलानाको यति लाखको नाच, तपाईंको कत्ति ठुलो-ठुलो व्यवसाय यती लाख करोड पैसा त दिनैपर्छ भनेका छन। त्यसैमा रोमलिएका छन पण्डित र भक्तजनहरु। त्यहाँ न शास्त्रको मर्यादा छ, न विधि पुगेको छ, न कर्म, न संस्कार, न आचरण, न मर्यादा नै भएको छ। यी सबै कुरा नदेख्दा मन उदास हुन्छ। अब त म जान्न भन्ने लाखौंका गुनासो मात्रै सुनिन्छ। धार्मिक रुपमा यो राम्रो पक्ष होइन।

महायज्ञ, हवन, प्रवचन, सत्सङ्ग, सन्त सम्मेलन, तिर्थव्रत, सदाचार जस्ता कर्महरु गर्नैपर्छ। यसलाई छोडन हुन्न तर यिनका नाममा जवरजस्त गरिने चन्दा र सामाजिक धार्मिक विकृतिलाई निरुत्साहित गर्नैपर्छ। जसको लागि अबको केही समयपछि नेपाल् सरकार समक्ष यो प्रस्तावना लिएर जाने तयारी छ। जसलाई कानुन सम्मत संस्थागत गरि महायज्ञ भित्रका विकृतिलाई निरुत्साहित पार्न अग्रणी भुमिका निर्वाह गरिनेछ। अबको युग आध्यात्मिक युगको रुपमा विकास गर्न महायज्ञहरुको सन्चालन गरि पुर्वीय दर्शनलाइ विश्व कल्याणका निम्ति लगानी लगाउनुपर्छ।