९ साउन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पनजर्गठन गर्ने तयारी अघि बढाएका छन्।नेकपा भित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाएको बुझिएको छ।सबैलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खानाल समूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाएका छन्।
गत असार १८ गतेको नेकपा स्थायी कमिटि बैठकमा स्थायी कमिटि सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओली सबै असन्तुष्ट समूहलाई समेटेर अगाडि बढ्ने मनस्थितिमा पुगेका हुन्। अब पुनर्गठन गर्ने बेला दुई वर्षदेखि मन्त्री रहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने अध्यक्ष प्रचण्डसँग सहमति गरेका छन्।
मन्त्री मण्डलमा आफ्नो उपस्थिति नरहेकोमा असन्तुष्टि प्रकट गर्दै आएका वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतमको समूह र वरिष्ठ नेता नेपाल निकट समूहका केही नेतलाई मन्त्री बनाउने सम्भावना रहेको छ। पूर्वमाओवादीबाट जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, पम्फा भुसाल र प्रभु शाहलगायत मन्त्री बन्ने सम्भावना रहेको छ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता