-Dilli Ram Timilsina

नेपाल राष्ट्र निर्माता पृथ्वी नारायण शाह र लुसिफरको नेपाल माथि राज:एक प्रसङ्ग

Hollywood Khabar January 10,2020 Comments

डिल्लीराम तिमिल्सिना, क्यानाडा, १/११/२०

यो संसारमा धर्मको नाममा जति डर पैदा गर्ने शस्त्र अरु बनेको छैन होला, सायद यो या त्यो जुनसुकै धर्म को कुरा गरे पनि धर्मको नाममा डर पैदा गरि सबैलाई डर दिने र पापीको पेट भर्दिने यो धर्म लाई कलि युगमा सर्म छैन रे।

धर्म भीरु पाखण्डहरुको बिगबिगी मानब सभ्यताको सुरु देखीनै कहाली लाग्दो छ। इतिहासकार र मानबसास्त्रीहरुको संकलनमा रहे अनुसार मानवले आजसम्म लडेका र भोगेका; इतिहास कालदेखि आजसम्म झन्डै बहत्तर हजार (७२०००) युध्ह मध्य लगभग उनानसत्तरी हजार (६९०००) युध्ह तत्कालिन भारत बर्षलाइ केन्द्रित गरि भएको पाईन्छ।

यो हिसाबले हेर्ने हो भने भारत वर्ष हिमाल, पहाड र समुन्द्रको संगम जसलाई अब्बल राज्य मानिन्छ वा हिन्दु धर्म संसारकै पुरानो र अब्बल धर्म अनि सम्पूर्ण ज्ञानको खानी भएकोले यसको वरिपरि भमराहरु डुल्नु स्वभाबिक हुनजान्छ। त्यसैले होला क्रिस्टियन धर्मका प्रवर्तक जिसस क्राइस्ट हुन् या मुस्लिम वा अन्य धर्मका प्रवर्तकहरु आफ्नो विचार वा देबबाणी प्रकट गर्नु अघि भारत वर्ष वा हिन्दु धर्मको संसर्गमा आएको कुरा सुनिन्छ। हुनत धार्मिकरुपमा सहिस्णु बन्नु हाम्रो मौलिक परम्परा हो। धर्मलाई राज्य वा सम्प्रदायको पेवा बनाउंदै आउने एउटा बर्गको विचार हाबी भएपछि धर्मको सार जे भएपनि होचो वा निमुखालाई मार पर्ने नै रहेछ।

गोरा दाजुभाईले बिस्वभर राज गर्नको लागि बनेको बाइबल नामको धार्मिक पुस्तक अनुसार, पहिले हाम्रा पुर्खा स्वर्गमा थिए रे स्वर्गमा रहंदा अहिलेको जति ज्ञान, भौतिक बस्तु, उपभोग्य बस्तु, धनि र गरिब को पीर केहि थिएन रे! भगवान र एउटा लुसिफ़र नामको चम्किलो देबदुत बीचमा भनाभन भएछ कुरा रहेछ आन्तरिक सहभागिताको बारेमा, भगवानले सम्पूर्ण निर्णय एक्लै गरेकोमा लुसिफ़र नामक त्यो देब्दुतलाइ निकै चित्त दुखेकोले बिरोध गरेछन।

त्यो देबदुत निक्कै ज्याद्रो थियो रे वर्ग संघर्सको कथा लेख्ने र घृणाबादी कित्ताकाट को त प्रमुख हिमायती र रुप बदल्न सक्ने र अरुलाई सजिलै मन्त्रमुग्ध पार्नसक्ने त्यो चम्किलो दूतले समाबेशीकताको नारा उचालेर स्वर्गमा रडाको मच्चाउन सुरुगरेपछी देबमण्डलको भरिसभाले चहकिलो देबदुतलाइ अध्यारोमा धकेल्ने निर्णयकासाथ् कसेर पातालमा खसाली दिएछन। खस्दै गर्दा उक्त देबदुतले भगवानलाइ गालि दिएछ हे दुस्ट देवताहरु हो मैले तिमिहरुलाई सिधै बिगार गर्न नसके पनि एकदिन तिमीहरुको सबैभन्दा प्यारो प्राणीलाई र ठाउँ बिगार गरिदिनेछु।

यो चम्किलो देवदूत पातालमा धसिंदा सर्पको रुप धारण गरेछ। यो खासमा हेर्दा घरि-घरि हामीले पाल्ने बाख्रा जस्तो पनि देखिँदो रहेछ। एक दिन यो serpent (सर्प) कुइरोको रुप लिएर स्वर्गमा पुग्यो रे। अनि खुला स्वर्गमा विचरण गरेका मानब जातिका पुर्खालाई नखानु भनेको फल जसलाई स्वाऊ पनि भनिन्छ। खानको लागि उकास्दै गर्दा सुरुमा त खान नमानेका मानब जातिले त्यो चम्किलो देबदुतको लै-लै मा लागेर इभ नाम गरेकी हजुरआमाले अलिकति टोकिछन। बुढोलाईसंगै खाउँ स्वादिलो छ भनिछन। बुढो हजुरबाले सुरुमा खान नमाने पनि अब यिनले त खायिन म किन बिटुलो बसुँ भन्दै खाएका थिए रे। नखाउन पनि कसरी सुरुमा त भगवानले हजुरबा एक्लैलाइ बनाएका थिए रे। फेरी म एक्लै परे भनेर बिन्ति भाब बिसाएपछि हजुरबाको एउटा करङ्ग निकालेर इभ बनाएपछि त लगभग आफ्नै अंग नै भो।

स्वाऊ खुवाएर त्यो लुसिफ़र नामको देब्दूत भनाउँदो त गायब भयछ। ति दुइ मनुवालाई डर, पीर, लाज, मात्र होइन के के भो के के? जसको बयान हजार मुख र टाउका भएका शेस नागले त गर्न सकेनन म नाथेले के गरु। नगर्ने काम गरेकोले स्वर्गबाट पृथ्वी नामको लोकमा डिपोर्ट गर्दियछन। बीचरा ति मनुवाहरुको हरमा कपड़ो, दिमाखमा बुध्ही थिएन रे। यो पुर्खा उत्पतिको कथा बाइबलको पुरानो पबित्र किताबबाट लिइएको हो।

हामी पापी हौँ हाम्रा पुर्खाले पाप गरेका हुन्, अब फेरी त्यो स्वर्ग पाउन सकिन्छ भन्दै फेरी थुप्रै लुसिफ़रहरुले चर्च बनाएर झन्डै १,००० वर्ष त पापी नै बनाएछन गोराहरुलाई। त्यहि भएर सेतो छाला भएका गोराले पनि यो समयलाई कालो समय भन्दा रहेछन। केहि दुइ चार अक्षर पढेकाले त हामी भगवानका दुत हौँ, तिमीलाई स्वर्ग जाने भर्याङ्ग नै लगायिदिन्छौं भन्दै पादरीहरुले लुट्नु लुटेछन।

चौधौं शताब्दिमा एउटा ठुलो महामारी फैलिएछ। युरोप भन्ने भूमण्डलमा सबै जना त्राही-त्राही बन्दै लुसिफरका सन्तान बस्ने ठाउँमा पुगेर होइन महासयहरु ! तिमिहरु देवताका दुत हौँ भन्छौ, खोइ त यो महामारी रोकेको यूरोपको आधि जनसंख्या त सकियो भन्दै जब बबुराहरुले बिन्ति भाब विसाए तब रक्त बिज झैं उम्रिएका ति पिपासु लुसिफरका सन्तानहरुले नया डर पैदा गरेछन्।

हामीले भरपूर कोसिसगर्दा पनि रोक्न सकेनौं किनकि हाम्रो समाजका केहि राक्षसी प्रवृति भएका (evil) ले हाम्रो समाजमा सैतानको काम गरेर रोग फैलाएका छन। आफ्नो मागिखाने तरिका जाला भनेर होला जो होचो उसको मुखमा घोचो भनेझै, ति लुसिफ़रहरुले समाजमा रहेका, बिधवा, पागल, आफु भन्दा क़ाला छाला भएकोलाई बोक्सा वा बोक्सीको नाममा कत्लेआम गरेछन।

सुरुमा उत्तरी अफ्रीका र यूरोपमा विचरण गरेका यी झरेका देब्दूतहरुले बिस्तारै जलमार्ग हुँदै पोर्तुगल, स्पेन, फ्रान्स अनि शक्ति प्रदर्शन गर्दै भारत बर्षतर्फ़ लागेको इतिहास छ।

भास्क्को डी गामाको पनि मामा बन्छु भनेर इंडिया हिडेका एक लुसिफरका रक्तबिज्ले अम्रिका राज्यका आदिबासीलाई सुरुमै लुसिफ़रको चस्माले हेरेछन। यूरोपको मासुमा भारतीय मसलाको स्वादमा पल्केका यी लुसिफर्ले रुप बदलेर ब्यापारीको रुप धारण गरेछन।

धार्मिक पुस्तकको छपाई गर्न सक्ने मेशिन बनेपछि त बाइबल, बियर र बन्दुक बोक्ने यी मनुवाहरू अरुलाई लुसिफर्को लेबल लगाउंदै हिड्ने क्रममा भारतीय उपमहादिपको मुम्बई भन्ने ठाउँमा पुगेछन र बिस्तारै उभयचर रुप धारण गर्दै नेपाल मण्डलमा प्रवेश गर्दा भएछन् ।

तत्कालिन नेपाल निर्माणका परिकल्पनाकार त्रिकालदर्सि महाराजले पृथ्वी नारायण शाहले, यी गोरा मनुवाहरु हेर्दा गोरो भएपनि मन कालो छ है भनि चार भन्ज्यांग छोडी जान हुकुम दिएछन। यो घटनालाई ति दुइ चार फिरन्ते मनुवाले यसरी लिएछन कि यिनको बहिखातामा यो घटनाको नालीबेली उतारेर बदलाभाब प्रकट गर्दा भया।

जो आजसम्म पनि त्यो सानो धर्म राज्य भ्याटिकन सिटीको धर्म खातामा उल्लेख छ रे। नयाँ (पापिका सन्तानका) गुरु फेरिंदा, नेपाल राष्ट्रको पनि बहि खाताको बुझ बुझारथ बिशेश तरिकाले गरिन्छ रे भन्छन धर्मका ब्यापारी बर्गहरु। आफ्नो उधेश्य पुरागर्न नपाई भिमफेदिको ओरालो लाग्नु पर्दा, एक फिरन्तेले लुसिफर्को भाषा बोलेका थिए रे। अहिले नेपाल मण्डलबाट खेदिनु हाम्रो लागि एडनको बगैंचा गुम्नु जस्तै हो। तिमीलाई नसके पनि तिम्रो भाबी पुर्खालाई बदला लिनेछौं ।

भारतमा राज गरेर बस्दा हाम्रो इतिहास यसरी लेखेकी जसले हामी को हौँ भन्ने कुरानै बुझ्न र सम्झन गाह्रो पारे। सबै कुराको बिबिधता भएको यो सानो देशमा इतिहास कै कारण बेला बेलामा खान नहुने स्याउ खुवाउदैं मिलेरको बगैंचा बिगार्ने गरेका छन्।

हाम्रो देश नेपाल, दुइ ढुंगा बिचको तरुल मात्र, दुइ धर्मको राप त ताप थेग्न अनेकौं सांस्कृतिक हत्कन्डा अपनाएर हाम्रा पुर्खाले बचाएका हुन्। हामीले पाल्ने खसी-बाख्रालाई क्रिस्टियन सम्प्रदायले लुसिफ़रको झर्दो रुपमा हेर्ने अनि मुस्लिम धर्माबलम्बीहरुले हामीले बराह वा (बंगुर-सुँगुर) लाइ आफ्नो पुर्खा मास्ने जनाबर भन्दै यो जनाबार पाल्ने ठाउँमा नजाने र नाम पनि उच्चारण नगर्ने कारणले शक्तिले उन्मक्त भएको बेलामा पनि यिनै जनाबार पालिएकोले पनि मनोबैज्ञानिक असर परेको हुनसक्छ।

यी नेपाली त साह्रै ज्याद्रा पो छन् त, हाम्रा धर्म गुरु खेदाउने, हाम्रो तोपको बेवास्ता गर्ने, ७० बर्षका बुढाले पनि खुकुरी नचाउने अब हाम्रो कम्पनि कसरी बचाउने ? भारतीय महादिपको कोहिनूर हीरा कसरी पचाउने? बडा चिन्ता भो भन्दै लुसिफरका दरसन्तानको भरि सभामा छलफल सुरु भएछ।

निक्कै उपाय सोच्दा-सोच्दै नेपाल मण्डल हेर्ने एक लुसिफर्ले नया उपाय सुझायछन। अब सहमति, सहकार्य र एकताको नारा जपेर यिनीहरुलाई दोहोन गर्नुपर्छ। यिनलाई शक्ति होइन भक्ति गरेर मन जितेर घाँटी थिच्नुपर्यो भन्ने सोचकासाथ दोभासे तयार पारि आफु जस्तै प्रवृति भएका राणा जातिलाई औपनिबेसिक स्वाऊ खान उक्साए।

नेपाली जनताको नयाँ लुसिफ़र कम्पनीको पोशक यी धुर्त स्यालको लागि बेलायतको बफादार कुत्ता भनेका छन्। अहिलेका कमौनिश्तहरुका नस्लबादी पिता कार्ल मार्स्कले। यी नेपाली लुसिफर्ले त सुरुमा १९१० को संबिधान जारि गरेर ब्राह्मणलाइ बाहुन बनाईदिय।

धार्मिक डर भनौ वा लोकाज़ बेलायत भ्रमणको निम्तो स्वीकारे पछि; सुरुमा त म्लेक्ष्य जातिबाट बच्नको लागि गाई, खाद्दन्न, पुजारी र अर्गानिक खानेकुराको पोको-पुन्तुरो बोकेर गए। पछि बेलायतमा सुरा-सुन्दरीपान र त्याँहाको जगजगी र बगबगी देख्दा चकचकी भएर सोध्न पुगेछन्। होइन हो यी गोरा म्लेक्षहरुले कसरी यत्रो बिघ्न प्रगति गरेका? दोभासेले मौका यही हो भनेर चिल्लो दल्दै दिमाख चाटेछ। कहाँ हजुर यो सबै त अंग्रेजी भाषाका कारणले भाको हो।

बाहिया भाषा भित्रेपछि त बिस्तारै नेपालीको मौलिक रैथाने स्वर्ग सकिदै गयो। त्यसपछि त के खोज्छस कानो आँखो भने झैं, जंग बहादुरका दर-सन्तानले बिकासको नाउँमा ढुकुटी निकास गर्न थाले। हाम्रो पुर्खाको संचित धनमा दाइँ हाले। यिनको पुर्खाको अंग्रजी मोह यति थियो कि मोहन सम्सेरका नाति अहिलेका धनि नेता पशुपति शमशेरले नेपालीको ट्युशन पढ्नु पर्यो।

लुसिफरका सन्तानलाई कपास, जुट र चिनीको लूट गर्न अनि बेलायतको ढुकुटी भर्न र द्रुत गतिमा सयर गर्न रेल गाडी चाहिने भयछ। प्राकृतिक रुपमै असहज यो तराईले साच्चिकै त्राही-त्राही बनायो। ठुला रुख काट्ने र रेल मार्ग मार्फत र बिस्तारै सिमाना सार्ने दाउमा रहेका ति जलधारिका सन्तानहरुले दोस्रो बिश्वयुद्धमा बेहोरेको क्षति अनि स्थानीयहरुमा आफुहरुलाई लुसिफरले दिमागी बलात्कार गरेको ठहर भयो। त्यसापाची बिस्तारि आफ्नो असली रुप देखाउनै परेछ।

तर ज्याद्रो त्यो उभचरले आफुले जानेको ज्ञान छाड्ने बेलामा आफ्ना स्थानीय आसे-पासे र भक्तहरुलाई मुलमन्त्र जस्तै गरि बाड्न थाल्यो। भनौ छाड्ने स्वर्गमा रहेको बर्जित फल खाएपछि एडम र इभमा भएको दोषा-दोष जस्तै हरेक लुसिफ़रिय राज्यका मनुवाहरुलाई हिङ्ग हालेर छाडेछन।

यहि हिङ्ग्को गन्धले पाकिस्तान र बंगलादेश छुटिन् बाद्य भए। अहिले पनि अफ्रिकी मुलुकहरुमा एकातिर आफुले छरेको गन्धमा तोप, गोल बन्दुकको धन्धा चलाउने र अर्को तर्फ़ शान्तिको नारा उचाल्दै प्रजातन्त, गणतन्त्र, लोकतन्त्र, संघियताको स्वीकार्य किसिमको धन्दा चलाउने यी दुइ टाउके ग्रीक देवता ज्यानुसक सन्ततिहरुको इन्द्रजाल बुझ्न त धेरैलाई गारो पर्ला। बुझे पनि ललिपप खाने बानी परिसक्यो।

यस्तैमा दक्षिणको गानुगोला अनि उत्तरको झोला बोकेर पश्चिम बायु नेपाल मण्डलमा पनि हाबीहुदै गएको आभास २००७ साल देखीनै हुन लागेको थियो। हिटलर बाजेले ति जिब्रो निकालेका भौतिक विज्ञानका स्रस्टालाई देश निकाला गरेपछि शरण माग्न अमेरिका पुगेछन। जम्मा ६ हजार डलरको काम पाएका उनले दुइचार ओटा यस्ता डल्ला बनाए छन् कि, सुरुमा हामीलाई केहि नगर प्रभु हामी खान नपुगेर हरितन्दम भाका छौं भनेर १४ पेजको चिठी लेखे। अनि झन् ति जापानका बौंठाहरुले उचालिएर पर्ल हार्बरमै हान्दा भए।

अमेरिका पनि के कम म्यान्हटन प्रोजेक्टले तयार पारेका दुइ चार डल्ला के फालेको थियो त्यो कहाली लाग्दो दोस्रो बिश्वयुद्ध निकै फलदायी रह्यो।

ह्यारी त्रुमानले कति कुरा ट्रु (सत्य) बोले त्यो त थाहा भएन। ३३ औं राष्ट्रपतिका हैसियतमा संसारलाई दुइ टुक्रा पार्ने। पहिले गोरा पुर्खाले दास बनाएकालाई नया कुराले प्यारो गरि घाँटी निचोर्ने नया उपाय ल्याए। त्यो हो संसार दुइ अबस्थामा छ, बिकशित र अविकशित।

बिकशित राष्ट्रले अविकशितलाइ सघाउने भन्दै आफ्ना देशका धनि मान्छे रकफेलर र फोर्ड भन्नेको नाउमा पैसा बाड्न थालेछन्। हाम्रो देशमा पनि प्राकृतिक रुपमा जोगिएको दक्षिण सिमानामा डिडीटी पाउडर छर्कने काम भयछ। जसलाई भाषामा खेल्ने, बाहुनको बिरोध गर्ने तर बाहुनकै संगतले बुद्धि भरेका, अमेरिकाबाट डाक्टरी गरेका जनजातिको नाम बेचेर डलर कमाउने। जनजातिलाई साँस्कृत जोगाउनु पर्छ है भन्दै आफु मेट्रो पोलिटन सहरमा रमाउने।

जनजाती, बाहुन कृष्ण भट्टचनले डिस्त्रोयिंग डोमेस्टिक थारु डिडीट यो प्रक्रियाले थारुलाइ सक्यो। भारु पनि भित्रायो बिकासको लागि प्रजातन्त्र चाहिन्छ है, भन्दै हामीलाई मगन्ते र उनीहरुलाई दानी बनाउने काम भयो। जसको लागि प्रजातन्त चाहिन्छ है भन्दै जाँदा, हामीले आजसम्म आधुनिक, क्रान्तिकारी र सम्पन्न बन्ने मामलामा नेपाल आमालाई कहिले स्विजरल्याण्ड त कहिले सिंगापूर अनि कहिले जापानसंग समृद्धिको तुलना गर्यौं।

अमेरिकी आदर्श बाई द पिपल अफ द पिपल र फर द पिपलको नारा लगाएर राम्रो गरियो। तर नेपालमा भने यसको सहि सदुपयोग नहुँदा नराम्रो भन्ने कुरा अहिलेको नेपालको अबस्थाले चित्रित गरेकै छ। अर्को तर्फ़ फेरी अर्को बढो खतरा क्रान्तिका कुरा गर्ने, गरिबको कान भर्ने र धनीको घरमा डेरा सर्ने बाईबललाई अफिम भन्ने, कार्ल मार्स्कका ठेलीलाई पुज्ने मस्कोमा पानी पर्दा काठमाडौँमा रुझ्ने, बढो बैज्ञानिक विचार आय।

यसबाट गरिबीको पिरामिडमा राज गर्ने अनि राष्ट्रिय पुँजीपति भन्दै आफ्नै भुँडी भर्ने। बुझ्दै जाँदा यी प्रजातन्त र कम्युनिष्टहरु एउटै सिक्काका दुइ पाटा हुन्। अझै पनि यी चतुरेहरुको कुरो नबुझ्ने हामी जनता कति सोझा ? अनि कति लाटा ? एउटै ठाउंबाट संचालित छन यिनको बहीखाता। पुंजिबाद वा कम्युनिज्म लुसीफर्को एउटै सुनौलो स्याउको दुइ टुक्रा हुन। ति भक्ति गरेपनि खोइ के लगाए र हामीलाई गुन ?

शान्तिको सेनाको नाममा कति शान्ति बनाए ? यसको जवाफ त यिनका काम अनि यिनले बाडेको दामले जनाउछ। विकास गर्न आएका यी मनुवाहरुले प्रजातन्त्रको नाउँमा हाम्रा जस्ता मुलुकलाई कति बिकशित पारेत ?

सभ्य नामका युरोपियनले गरेको अध्ययनले कति नेपालीका भाई-छोरालाइ लडायो भन्ने कुरा त यिनका पुस्तकले बोलेकै छन्। अचम्म लाग्दो कुरा त के भने आफ्नो देशमा मार्स्कको नाम पनि नलिने र पुँजीका ठेली नपढ्ने यी गोराले लेखेको किताबमा प्रसस्त मार्स्कबाद प्रयोगको गन्ध आउँछ।

कप्लान नामका दम्पतिले पूर्वमा लिम्बु र बाहुनको लडाईं पारे। ल्याण्ड एंड सोसिअल चेन्ज इन इष्टर्न नेपालमा। हरेक अनुसन्धानमा नेपाली समाज र संस्कृतिमा छिद्रो देखाउने र सिद्रो फालेर लडाउन। अनि गिद्रो मिसिदिन पल्केका गोराको कित्ताकाट गर्ने ज्ञान पढेका हामीहरु आजकल गोरा भन्दा पनि दुइ कदम उचालिएरका छौं। अनि भोलिको भबिश्य नहेरी जसो जसो दिनेवाला उसो उसै स्वाह: गर्ने ? अनि हामीहरु नै लुसिफ़रको नया रुप धारण गरेपछि अहिले हाम्रो जस्तो सहिष्णु देबभुमिमा गहुँ गोरो अनुहार तर सेतो मुकुण्डो लगाएका लुसिफ़रहरुको बिगबिगी छ।

नेपाल देशमा झन्डै २६०० इडनको बगैंचामा रम्ने र चोरेर खाएको स्याउ स्वादिलो हुन्छ भन्दै युरोपियन शक्तिको पूजा गर्नेहरु छन्। देशको अस्तित्व धुजा पार्ने अनि छिमेकीलाई माया गर्ने, हामीलाई दया धर्ने, न्यू लुसिफर्स मेड इन नेपालको ब्रान्डका नब उदार र सुधारबादीको चंगुलमा फसेको यो देब्भुमिमा कुन स्वाऊ खाँदा कुन स्वर्ग गुम्ने हो, कुन लुसिफर्को बदला पुरा हुने हो भन्न निकै गारो छ।

जोड्ने भन्दा तोड्ने अनि होक्का गर्दै आफुमा लड्नु भन्दा आफुलाई लडाउने वा र नभएको स्वर्गमा चढाउने देखि सतर्क भय दुइ जनाबार पालेर, भीरबाट ढुंगा-मुढा फालेर बचाएको हाम्रो स्वर्ग सबै प्रकारका लुसिफ़रबाट बच्न सक्थ्यो कि ? सबैलाई चेतना भया !