अभिमन्यू दिपक 

लघुकथा: नेता,चिता र सेल्फी

Hollywood Khabar January 09,2020 Comments

पुषमाघको चिसो बिहानी‚जाडो उत्कर्षमा थियो।मधुरो घाम हल्का सिरसिरे सिरेटोको स्पर्शले काउकुति लगाईरहेको छ।चिसो सिरेटो बाट छेकिन पाटीभित्र हुलथियो मलामीहरुको।छेउमा चिता तयार भइसकेको थियो।चितामाथि लाश राखेर अन्तिम कर्म चल्दै थियो।हातमा आगो लिएर मृतकका छोरा लाशको परिक्रमा गर्दै थिए।लाशलाई तीनपटक परिक्रमा गरेर उनले मृत बाबुको मुखमा आगो राख्न लागेका थिए।


मृतक आफ्नो जिल्लाका नेता भएकाले श्रद्धाञ्जली दिन पुगेका मन्त्री महोदयले एकछिन भनेर दाग वत्ती नै दिन रोके।चिताको दाहिने मृतकका छोरा बसे र लाशको बाँया नेताजि बसे अनि नेताजिले सेल्फिस्टिकमा एप्पल मोबाईल राखेर खिचिक्क सेल्फी हाने ।चिसो सिरेटो छलेर पाटीमा बस्नेहरु मुखामुख गर्न थाले ।

यस्तैमा पार्टीका नेता पुगे उनले नि 'जीवन अन्त्यको एउटा सेल्फी खिचौं न।' भन्न भ्याईहाले । मृतकका छोराको हातमा दागबत्ती निभन खोज्यो मन्त्र पढिरहेका पण्डितजीले अलिकति घिउ थपीदिए। पार्टीका नेताले भने वहाँ हाम्रो पार्टीको कुशल नेता वहाँको सम्मान हाम्रो पार्टीको सम्मान हो । सम्मा स्वरुप पार्टीको झण्डा ओडाउनु पर्यो र एउटा सेल्फी लिनु पर्यो । मलामीहरु मुखामुख गर्न थाले।कुनै मलामी ज्वारीकोटको खल्तीबाट मोबाइल निकाले र चितामा सुताईएको लाशमा झण्डा ओडाईएको अवस्थामा नेता तथा मलामीले सेल्फी लिए । लाशको मुख चुच्चो,बाङ्गो र रीसको भावदेखिने गरि नेताले तीनपटक खिचिक्क खिचिक्क पारे।मृतकका छोराले दागबत्ती दिए । आगो दन्कियो । शास्वत शरिर धुँवा बनेर हावामा मिसीदै गयो ।सेल्फीमा खिचेको फोटो बाहेक बाँकी केहि रहेन केवल बाँकी रह्यो खरानी