-NRNA:एनआरएनए एनसीसी अष्ट्रिया विवादको घेरा भित्रै, आइसीसी पहलले समाधान गरेन

NRNA:एनआरएनए एनसीसी अष्ट्रिया विवादको घेरा भित्रै, आइसीसी पहलले समाधान गरेन

Hollywood Khabar January 19,2020 Comments

शुभद्रा भण्डारी/अष्ट्रिया/१/२०/२०

सामाजिक संस्था भन्ने वित्तिकै समाजसेवा तथा सेवाको भावनाले समाजप्रति सकारात्मक कार्य गर्न रूचाउनेहरूको नेतृत्वमा चल्ने नाफारहित संस्था भन्ने वुझिन्छ। कुनै पनि सामाजिक संस्थाको विधान पल्टाएर हेर्ने हो भने सेवाभावले भरिएका अक्षरहरूले सामाजिक कार्यमा उत्प्रेरित गरिरहेका हुन्छन्।

तर आजकल समाजसेवाको नाममा समय र परिस्थिती अनुसार व्रह्लुट गर्ने, राजनिती गर्ने, व्यक्तिगत स्वार्थको लागि कार्य गर्ने जस्ता विविध नकारात्मक कार्यहरूले नेपाल र नेपालीहरूविच अड्डा जमाउने दुश्प्रयास भईरहेका छन्। वेला वखत अशक्त तथा असहायहरूको नाममा चन्दा उठाएर उठाउनेले नै कुम्ल्याएका घटनाहरू पनि छरप्रष्ट सामाजिक संजालतिर यत्रतत्र छरिएका हुन्छन् भने सामाजिक संस्था र समाजसेवाकै नाममा नेपालमा पनि पछिल्ला केही वर्षहरू एनजिओ र आईएनजिओको माध्यामवाट प्रशस्तै विदेशी लगानीहरू भित्रिए। उक्त लगानीको उपभोग पिडितहरूले भन्दा पनि संस्था संचालकहरूले वढी लिए भन्दा अन्याय हुदैन।

गैरआवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषद देखी राष्ट्रिय समन्वय परिषदहरूमा चुलिएका विवादहरू चुलिएर दिनानुदिन सामाजिक संजालहरू देखी नेपाली मिडियाका फ्रन्टपेजहरूमा देख्दा आम गैरआवासीय नेपालीहरूको मन दुख्नु स्वाभाविकै हो।

सन् २००३ मा एनआरएनए को स्थापना हुदा संस्थापकहरूले लिएका उद्येश्य र परिकल्पना विपरित भएका कार्यहरूले अग्रजहरूको सम्मानको वदला अपमान भईरहेको छ। प्रवासमा वस्ने नेपालीहरूले जन्मभूमिको विकासका लागि यथाशक्य प्रयास गर्नुपर्ने मुख्य उद्देश्यले यस संस्थाको स्थापना भएको थियो। तर वर्तमान परिवेशमा उक्त सामाजिक संस्था देशका ठुल्ठुला पार्टिका नेताहरूको चलखेल र उठवशमा फरक-फरक साईजका पाङ्गाहरूको सहायतामा गुडिरहेको नमिठो गन्ध केन्द्रिय निर्वाचनमा यत्रतत्र छरप्रष्ट भईदिदा राजनितिक झोला नवोक्ने आम प्रवासी नेपालीहरूको भावनामा ठेस पुगेको छ।

पछिल्लो समयमा एनआरएन केन्द्रदेखी विभिन्न देशहरूमा रहेका राष्ट्रिय समितीहरूमा पनि विवादका शिर्षकहरू छताछुल्ल पोखिएका छन्। कतिपय देशहरूमा त्यसको समाधान नै संभव नभएपछी असरल्ल छोडिएका छन्।

प्रसंग विवादै विवादको घेरावन्दिमी परेको एनआरएनए एनसीसी अष्ट्रिया २०१९-२१ कमिटीतिर जोड्न चाहन्छु। मेरो लेखाईवाट उक्त सामाजिक संस्थाको मान, मर्यादा र सम्मानमा अलिकति पनि आँच नआओस्, किनकी कुनै पनि सामाजिक संस्था आफैमा दोशी हुदैन, दोशीको भागिदार त त्यसलाई संचालन गर्नेहरू हुन्छन्।

एनआरएनए एनसीसी अष्ट्रियाले यतीवेला विष्वभर रहेका नेपालीहरूको ध्यान केन्द्रित गरेको छ। किन की एनआरएनए एनसीसी अष्ट्रियाका निर्वाचित महासचिवलाई अध्यक्ष लगायत केही मनोनित पदाधिकारीहरूले निलम्वन गरेको खवरले अष्ट्रियावासी नेपालीहरूमा निकै खैलावैला मच्चियो।

त्यसपश्चात महासचिव लगायत तीन उपाध्यक्षहरू, सचिव, महिला कोर्डिनेटर लगायतका पदाधिकारीहरूले असक्षम अध्यक्षको संज्ञा दिदै वरिष्ट उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पदै केही समयको लागि अध्यक्षलाई नै वरखास्त गरेको विज्ञप्ति जारी भयो। ततप्श्चात कार्यसमितीको विवाद मैदानमै छताछुल्ल पोखिएको थियो।

हुन त यसअघि पनि सामाजिक संजालहरूमा अस्वभाविक रूपमा विवादहरू नआएका भने होईनन् । जव कमिटीका आधा पदाधिकारीहरू उनुपस्थित रहेको मौकामा वैठक वसी संस्थाको विधी र विधानको अवमुल्यन गर्दै आईसिसि सदस्यको रोहवरमा अध्यक्ष लगायतका पदाधिकारीहरूद्वारा महासचिवलाई निलम्वन गर्ने कुचेष्टा भयो तव कमिटी गठन भएदेखिकै कमिटीभित्र भएका विविध असामाजिक गतिविधीहरूको जरोमै पुग्ने अर्को पक्षले निधो गर्यो। त्यसपश्चात वरिष्ट उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पदै अध्यक्षलाई नै वरखास्त गरेको विज्ञप्ति जारी भयो। जव यी दुई शिर्ष हेडलाईनहरू केन्द्रमा पुग्यो, बल्ल मात्र केन्द्रको ध्यान पनि एनआरएनए एनसीसी अष्ट्रियातिरै केन्द्रित भयो।

अध्यक्ष पक्षधर कम्यूनिष्ट विचारधारामा रहेको कुरा अष्ट्रियामै रहेको प्रवासी एकता मंचसंगको निकटतम सहभागिताबाट र एनआरएनए एनसीसी अष्ट्रिया नेकपाको हो भनी सामाजिक संजालमा लेखिएको कमेन्टवाट प्रष्टरूपमा वुझ्न सकिन्छ। त्यसैगरी अर्को कुरा महासचिव पक्षधर भनिएकाहरू भने कुनै पनि राजनैतिक विचारधारामा नखुलेको देखिन्छ।

केन्द्रिय स्तरबाट संघका महासचिव डा हेमराज शर्माको रोहवरमा अनलाईन कन्फरेन्सकल मार्फत समस्या समाधानको कोशिस भयो। तर उहाहरुले समाधान गर्नुभन्दा प्रयास गरेको जस्तो गर्दै बाघ र बाख्रा एकै खोरमा थुनेर जानुयो। त्यसपछिको स्थितिले झन कठिन अवस्था सृजना गरेको छ।

बैठकले सम्वन्धित दुवैपक्षलाई सामाजिक संजाल लगायतका कुनैपनि मिडियाहरूमा विवादित विषयहरू नलेख्न र नवोल्न निर्देशन दिएका थिए। उक्त निर्देशन पालना गर्दै एक पक्षले सामाजिक संजाल लगायतका मिडियाहरूमा कहि-कतै केही लेखेको र वोलेको छैन। तर अर्को तर्फवाट वर्तमान संस्थाका संरक्षक तथा पूर्व आईसिसि सदस्य र वर्तमान प्रवक्ताद्वयद्वारा संचालित अनलाईन मिडियामार्फत पटक-पटक एनआरएनए एनसीसी अष्ट्रियाको विषयमा कतिपय मनगणन्ते समाचारहरू समेत प्रकाशित भईरहेका छन्।

निजहरूले सम्पादकिय समाचारमा उल्लेख गरेअनुसार एनआरएनए एनसीसी अष्ट्रिया नै तहसनहस पार्ने षड्यन्त्र भन्ने शिर्षक कहि कतै मेल खाएको देखिदैन। संस्थालाई तहसनहस वनाउन होईन संस्था विधान विपरित चलेको गन्धले ह्वास्सै गन्हाएपछी विज्ञप्तीमार्फत आम सर्वसाधारणमा जानकारी गराईएको हो।

अनलाईन पोर्टल चलाउनकै लागि जथाभावी लेखिएको हो भने निजहरू एनआरएन शुभचिन्तक कहि कतैवाट पनि होईनन् भन्ने वुझिन्छ। नत्रभने संस्थाका जिम्मेवार व्यक्तिहरू भए-नभएका समाचार लेख्नतिर भन्दा संस्थामा आईपरेको विवाद सुल्झाउन तिर अग्रसर हुनुपर्ने हो।

अर्को कुरा, के केन्द्रको निर्देशन संस्थाका पूर्व आईसिसि र वर्तमान प्रवक्ताले मान्नुपर्दैन ?

यस्ता मनगणन्ते आरोप लगाएर मात्र हुदैन, त्यसको आम सर्वसाधारणमाँझ पुष्टी पनि गर्नुपर्छ। चुनाव हारेकालाई दोश थुपार्नुभन्दा जितेर कमिटीमा वसेकाहरूविचकै असमझदारीको परिणाम हो भनी स्विकार गर्दा पंक्तिकारलाई सजिलो होला। अर्को कुरा अरूको लहैलहैमा लागेर जताजता वाहुन वाजे उतैउतै स्वाहा भन्ने उखान, यो विश्वको नंवरवान शहरमा वस्ने संघर्षसिल नेपालीहरूमा लागु हुदैन भन्ने हेक्का राखेर कलम चलाउदा पंक्तिकारलाई भोली सामाजिक जवाफ दिन सजिलो होला।
संस्थागत प्रकृयाहरूको कारण एन आर एन ए एनसिसि अष्ट्रियाको विवाद छताछुल्ल भएको हो तर एनआरएनए एनसीसी अष्ट्रिया तहसनहस तथा खारेजको माग कहिकतैवाट आएको देखिदैन। अग्रजहरूले १६ वर्षअघि जन्माएको र पछिल्ला पुस्ताहरूले आवश्यकताको महशुस गर्दै संरक्षण गर्दै आएको सामाजिक संस्था तहसनहस होस् भन्ने चाहना आम अष्ट्रियावासी नेपालीहरूको होईन भन्ने प्रष्ट वुझिन्छ।

यसरी एउटा सामाजिक संस्थाको विवाद मैदानमै उत्रिसकेपछी उक्त विवादको जड के थियो, वर्तमान कमिटीमा के कस्ता गतिविधीहरू भईरहेका थिए, कमिटीका पदाधिकारीहरूमा संस्थामा काम गर्ने वातावरण किन भएन जस्ता यावत प्रश्नहरूको जवाफ आम सर्वसाधारणले वुझ्ने गरी जिम्मेवार व्यक्तिहरूले दिनुपर्ने हुन्छ।

सामाजिक संस्थाको मर्म र भावनालाई एकातिर कुल्चेर राजनैतिक संगठनहरूमा कार्यकर्ताहरूलाई कारवाही गरेजस्तो सिधै निर्देशन र कारवाहिको शैली अपनाउदा, एउटा पवित्र सामाजिक संस्थाको अपमान मात्र होईन सामाजिक भाव वोकेर भर्खरै उदाउन लागेका कोपिलाहरूको सपनामा कुठारापात भएको छ, यसले कहि कतैवाट भावी पुस्तामा सकारात्मक शन्देश दिदैन। यसरी एउटा सामाजिक संस्था विवादैविवादको घेरावन्दिमा पारिनुको जवाफ आम अष्ट्रियावासी नेपालीहरू लगायत विष्वभरका नेपालीहरूले खोजिरहेका छन् ।

एनआरएनए एनसीसी अष्ट्रियाको विवाद सुल्झाउन एन आर एन ए युरोप तथा केन्द्रिय कमिटीको ध्यानाकर्षण भएको वुझिएको छ। यदाकदा राजनितिक गन्धको हल्ला पनि वजारमा नफैलिएको होईन, यदी यो सत्य हो भने एउटा सामाजिक संस्थाको विधानमुनी वसेर राजनिती गर्ने अधिकार कसैलाई पनि छैन।

हुन त संस्थाको गोप्य माईनेटिङ विभिन्न म्यासेन्जर ग्रुपदेखी फेसवुक वालहरूमा समेत पोष्ट भईरहेको परिपेक्षमा कमिटीभित्रको अनलाईन् च्याटहरू शुरक्षित छन् भन्नेमा विश्वास गर्ने आधार देखिदैन। अवको आम भेलामा कमिटीभित्र भएका विविध गतिविधीहरू, अनलाईन म्यासेजहरू प्रमाणको रूपमा आम अष्ट्रियावासी नेपालीहरूमाँझ छर्लङ्ग हुने गरी प्रश्तुत गरेपश्चात, जसरी चुनावमा योग्य ठानेर भोट दिएका थिए त्यसैगरी गलत कृयाक्लापहरूको मुल्याङ्कन गरी अयोग्य ठहराउने अधिकार रहनेछ ।

सामाजिक मन र भावना लिएर जो जती पदाधिकारहरू दुई वर्षे कार्यकालको लागि कमिटीमा आए, उनीहरूले कमिटी गठन भएलगत्तैदेखी भोग्नुपरेका असामाजिक गतिविधीहरू, विवादै विवादको वैठक, अनावश्यक तनाव लगायतका नमिठा भोगाईहरूका कारण संस्थामा काम गर्न खासै उत्साहित देखिदैनन्, जसको प्रमुख कारण असक्षम नेतृत्व नै हो भन्दा दुईमत नहोला । संस्था कुन गतिमा कसरी हिडिरहेको छ भन्ने कुरा संस्थालाई कसले र कसरी हिडाईरहेको छ भन्नेमा भर पर्छ ।

भन्छन्, अरूको अस्तित्व स्विकार गर्न नसक्नेले आफ्नो अस्तित्व वचाउन पनि सक्दैन। स्मरण गराउन चाहन्छु, भर्खरै मात्र गठन भएको इनास अष्ट्रियालाई अनुमोदन भएको साता नवित्दै एनआरएनए एनसीसी अष्ट्रिया लगायत अष्ट्रियाका अन्य विभिन्न सामाजिक संघसंस्थाहरूमा आँच आउने गतिविधि गरेकोले लिखित र मौखित स्पष्टिरकण दिईयोस् भनी एनआरएनए एनसीसी अष्ट्रियाका अध्यक्षद्वारा कमिटीको नियमित वैठकमा एजेण्डा प्रश्तुत गरिएको थियो।

के यस्ता खालका वकम्फुसे स्पष्टिकरणले एक-आपसमा भाईचाराको सम्वन्ध तथा संस्थागत सहकार्य संभव हुन्छ ? अर्कोतिर एन आर एन अष्ट्रिया डुवाउन इनास खोलेको भन्ने आरोप पनि फेसवुकतिरै देखिएको थियो, के यस्ता अनावश्यक तर्कहरूले समाजमा सकारात्मक शन्देश दिन सक्छ ?

वर्षौदेखीको विकसित राष्ट्रको वसाईवाट हामिले के सिक्यौ भनेर एकपटक सवैले मनन् गर्ने हो भने, अनि मरेर जादा समाजलाई छोड्ने भनेको र समाजले सम्झिने भनेको उसको सामाजिक गतिविधी मात्रै हो भन्ने सोच पाल्यौ भने एउटा सामाजिक संस्था हाक्न कुनै आईवार कुर्नु पर्दैन।

इर्ष्याभावले न सामाजिक वन्न सकिन्छ न सामाजिक भन्न सकिन्छ । सामाजिक संस्था हाक्ने विशाल मुटु हुनेहरूले यो विर्सिनुहुदैन की सामाजिक संस्थाको पदिय जिम्मेवारी आवधिक हुन्छ, आजीवन हुँदैन, सेवा निःशुल्क, निःस्वार्थ हुन्छ, वनावटी र देखावटी हुदैन। कुरो र कुलो जतापनि गएजस्तै आरोप-प्रत्यारोप र दोशारोपण निरन्तर चलिरहन्छ त्यसैले विवाद वल्झाउनतिर होईन सुल्झाउन तिर अग्रसर भईदिनुहुन समस्त एन आर एनप्रेमी अग्रजहरूमा विनम्र अनुरोध छ ।

**लेखिका एनआरएनए एनसीसी अष्ट्रियाकी वर्तमान सचिव र इनास अष्ट्रियाकी वर्तमान महासचिव हुन्।**