-एनआरएनएको ८३ औं राष्ट्रिय समन्वय परिषदमा टर्की, अध्यक्षमा उज्जल घिसिङ

एनआरएनएको ८३ औं राष्ट्रिय समन्वय परिषदमा टर्की, अध्यक्षमा उज्जल घिसिङ

Hollywood Khabar July 20,2020 Comments

कृष्ण के सी/अमेरिका/७/२१/२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु रहेका देशहरुमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) गठन गर्ने क्रममा टर्की गठन गरेको छ।

एनआरएनएको विगत लामो समय देखि चर्चामा रहेको एनआरएनए एनसीसी टर्कीले तदर्थ समितिको मान्यता पाएको छ। जुलाई २०, २०२० मा संघको पत्र रेफ#N-278/019-21 २० जलाई २०२० अनुसार सो जानकारी गराइएको छ।

संघको जुलाई १८ मा बसेको कार्यकारीहरुको बैठकले टर्कीलाइ तदर्थ समितिको रुपमा स्वीकृति दिने प्रस्ताव अनुमोदन गरेको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको तदर्थ समिति २०२० मा निम्न व्यक्तिहरु रहनुभएको छ।

  • अध्यक्ष- उज्जल कुमार घिसिङ
  • उपाध्यक्ष- श्यामकला राइ
  • उपाध्यक्ष- तिला दाहाल श्रेष्ठ
  • महासचिव- विनोद पौडेल
  • सचिव- सोनाम चोटी शेर्पा
  • कोषाध्यक्ष- अनिता गुरुङ
  • सहकोषाध्यक्ष- गिता लिम्बु
  • प्रवक्ता- विक्रम सुनाम
  • महिला संयोजक- मन्दिरा खत्री ओली
  • युवा संयोजक- सुनिल पौडेल
  • सदस्य- आदर्श भट्टराई
  • सदस्य- आकाश राई
  • सदस्य- छबिलाल नेउपाने
  • सदस्य- रुपेश श्रेष्ठ
  • सदस्य- श्याम पाण्डे
  • सदस्य- तिल बहादुर खत्री

तदर्थ समितिका लागि निम्न कामहरुको निर्देशन भएको छ:

  • तदर्थ समितिले जुलाई १७, २०२० भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व निर्वाचित गरिसक्नु पर्नेछ
  • गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद टर्कीलाइ स्थानीय निकायमा दर्ता गरिसक्नु पर्नेछ
  • राष्ट्रिय महाधिवेशनबाट पार्टी बिधानको प्रति गैरआवासीय नेपाली संघलाइ आधिकारिक रुपमा पठाउनु पर्नेछ
  • संघको पंजीकृत सदस्यहरुको नाम संघको केन्द्रिय सदस्यता प्रणालीमा उपलब्ध हुनुपर्ने छ
  • संघले उपरान्त गराउने प्रशिक्षणमा भागलिनु पर्ने र सोहि अनुसार हुनुपर्ने
  • गैरआवासीय नेपाली संघको बिधान, नियमावली र निर्देश अनुरुम हुनुपर्ने
  • गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद तदर्थ समितिका पधाधिकारी र सदस्य सबैलाई संस्थापकको मान्यता प्रदान गरिनेछ।तर तदर्थ समितिका पधाधिकारी या सदस्यलाइ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको निर्वाचन लगायतमा निर्वाचित सरहको मान्यता हुनेछैन।