८ साउन काठमाडौं।कोरोना संक्रमण तिव्ररूपमा फैलिएको भन्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ५ बजेदेखि राजविराज नगर क्षेत्रमा कर्फ्यु लगाएको छ।सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनामा कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जना व्यापारीको समेत मृत्यु भएको हुदाँ समुदायमा नै कोरोना फैलिएको आशंकामा अर्को आदेश नआउँदासम्मलाई राजविराज नगरक्षेत्रलाई निषेधाज्ञा जारी गरिएको हो ।
निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन,पसल बन्द गरिएको हुनाले सडक र चोकहरू अहिले सुनसानजस्तै बनेका छन्। निषेधाज्ञा उल्लंघन गर्नेलार्इ कानुन बमोजिम कडा कार्बाही हुने चेतवानी विज्ञप्तिमा दिइएको छ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता