साङ्केतिक तस्बिर

थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि: संक्रमितको संख्या २० हजार ८६ पुग्यो

Hollywood Khabar July 31,2020 Comments

१७ साउन काठमाडौं । शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।यस सँगै शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।त्यसैगरि देशभरीका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् ।