-NRNA:गैरआवासीय नेपाली संघको कोभिड १९ कोषमा अनलाइनबाट रकम सहयोग गर्न मिल्ने

NRNA:गैरआवासीय नेपाली संघको कोभिड १९ कोषमा अनलाइनबाट रकम सहयोग गर्न मिल्ने

Hollywood Khabar April 02,2020 Comments

अब गैरआवासीय नेपाली संघ (NRNA) को कोभिड-१९ राहत कोषमा अनलाईन मार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्थाको शुरुवात भएको छ। गत २२ मार्च २०२० का दिन बसेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ७२ औं बैठकले कोभिड-१९ राहत कोषको स्थापना गर्ने निर्णय गरेको थिए।

संघले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिका कारण देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले कोभिड-१९ राहत कोषको स्थापना गरिएको हो। यो कोभिड-१९ राहत कोषमा सबैले सक्दो सहयोग गर्नको लागी संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठले अनुरोध गर्नुभएको छ।

संघको यो १७ वर्षको इतिहासमा आर्थिक संकलन र सहयोग रकम संघको बैंक खातामा मात्र गर्ने व्यवस्था थियो। तर यो पहिलो पटक अनलाइन मार्फत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरी सहयोग सहयोग दिन सकिने व्यवस्था मिलाइएका छ। अब लाखौ र हजारौ होइन आफ्नो इच्छा र क्षमताले सक्ने सम्मको रकम सोझै एकैछिनमा सहयोग गर्न सकिनेछ।

यसका लागि अहिले वेभ एप्लिकेसन सञ्चालनमा ल्याइएको छ भने केही समयपछि मोबाईल एप्सबाट पनि बनाइने छ। त्यसपछि एप्सबाट नै संघलाइ दिनुपर्ने आर्थिक रकम, सहयोग इत्यादि एप्सबाट नै गर्न सकिने ब्यबस्था गरिनेछ, कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो।

महाभुकम्प्प, बाढी पहिरो लगायतका आपतकालिन अवस्थामा झैं कोरोना महामारीको यस संकटपूर्ण परिस्थितिमा पनि यहाँको सहयोगको ठूलो अपेक्षा राख्दै, हाम्रो यस अभियानमा सबैमा सहयोगको लागि कोषाध्यक्ष श्रेष्ठले हार्दिक अनुरोध गर्नुभएको छ।

यो एप्सबाट सहयोग गर्दा नाम देखाउने या नदेखाउने दुवै अप्शन छ। समिति र अन्य सूचना राखिएको छ। देब्रेतिर BANK खाताको, क-कसले कति सहयोग गरे नाम सहित हेर्न मिल्ने ब्यबस्था छ।

अनलाइनबाट आर्थिक सहयोग गर्नका लागि तलको पेजमा जानु होला:

https://nrna.respectinc.net/

कृष्ण के सी

उपसंयोजक

सूचना तथा संचार

गैरआवासीय नेपाली संघ

एप्रिल ३, २०२०