-अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडा

नेपाल सरकारले डा खतिवडा सहित १० जना राजदूतहरु फिर्ता बोलाइयो

Hollywood Khabar September 20,2021 Comments

नेपाल सरकारले गत सरकारले संसद छलेर राजनीतिक राजनैतिक नियुक्ति दिएर पठाएका डा युवराज खतिवडा सहित १० जना नेपाली राजदूतहरुलाई फिर्ता बोलाएको छ। यसरी फिर्ता बोलाएका राजदूतहरुमा अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडा र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी समेत रहेका छन्।

सेप्टेम्बर २१, २०२१ मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको कुरा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। यसमा परराष्ट्र सेवामा रहेका बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको जनाइएको छ।

फिर्ता बोलाइएका १० मुलुकका राजदूतहरु

  • डा युवराज खतिवडा-अमेरिका
  • लोकदर्शन रेग्मी-बेलायत
  • नीलाम्बर आचार्य-भारत
  • महेन्द्रबहादुर पाण्डेय-चीन
  • डा वंशीधर मिश्र-बंगलादेश
  • अञ्जान शाक्य-इजरायल
  • उदयराज पाण्डे-मलेसिया
  • दावाफूटी शेर्पा-स्पेन
  • डा निर्मलकुमार विश्वकर्मा-दक्षिण अफ्रिका
  • नारदमुनि भारद्धाज-कतार