साङ्केतिक तस्बिर साभार वेब

१,१५४ जनामा कोरोना संक्रमण पुष्टि: निको हुनेको संख्या ४७ हजार २३८ पुग्यो

Hollywood Khabar September 20,2020 Comments

५ असोज काठमाडौं।सोमबार देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएको बताएका छन्।

त्यस्तै हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए। आज सम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ।जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन्।