तस्बिर साभार वेब

१३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन

Hollywood Khabar November 30,2019 Comments

१५ मंसिर,काठमाडौं।काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भव्य समारोहका बीच दशरथ रंगशालामा सागको उद्घाटन भएको हो।  साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै आतशबाजी र पटका पड्काएर थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो।

समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ। समारोहमा सात हजार ५०० को संख्या रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्। समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइनेको थियो। मुलुकका सातै प्रदेश पुर्या‍एर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो।