आज बसेको मन्त्रीपरिषद बैठकले १४ देशमा राजदुत नियुक्तिका लागि नाम सिफारिश गरेको छ । सरकारले सिफारिस गरेको प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ । कांग्रेस माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकबाट १४ राजदुत सिफारिस गरिएको हो ।
सिफारिश गरिएका राजदुत हरुमाकाङ्ग्रेस बाट अर्जुनजंगबहादुर सिंह (कोरिया), रमेशप्रसाद कोइराला (कतार), आशा लामा (यूएई), भीम उदास (म्यानमार), चोपलाल भुसाल (बंगलादेश) र विश्वम्भर प्याकुरेल (श्रीलंका)को लागि रहनु भएको छ।
त्यस्तै माओवादी केन्द्रबाट लक्की शेर्पा (अष्ट्रेलिया), महेन्द्रवहादुर सिंह (साउदी अरब), युवनाथ लम्साल (डेनमार्क) र पदम सुन्दास (बहराइन)का लागि सिफारिस भएका छन् । राप्रपाबाट निरन्जन थापा (इजरायल), प्रतिभा राणा (जापान) र भरत रायमाझी (स्पेन)का लागि सिफारिस भएका छन् । फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुुली (ओमान)को लागि सिफारिस भएका छन् ।
त्यस्तै मन्त्रीपरिषदको बैठकले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय गरेको छ । नयाँ स्थापना हुने दुताबासमा पूर्व सहायक रथी भरत रायमाझीलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...