USCIS: २४१ औं Independence Day मा १५००० नयाँ अमेरिकी सिटिजन बन्दै

Hollywood Khabar July 02,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
अमेरिकी अध्यागमन सेवा, U.S. Citizenship and Immigration Services (USCIS) ले दिएको सुचना अनुसार २०१७ को २४१ औं Independence Day Holiday को अवधिमा १५००० व्यक्तिहरुले नयाँ अमेरिकीहरु सिटिजन लिदैछन्।
४ जुलाई, जसलाई अमेरिकीहरुले Happy 4th भनेर शुभकामना दिने गर्छन। Happy 4th अर्थात अमेरिकाको स्वतन्त्रताको घोषणा (Declaration of Independence) भएको दिन, राष्ट्रको जन्म भएको २४१ औं बार्षिकी सधै जस्तो धुमधाम रुपमा मनाउन थालिएको छ। बजारमा झण्डा र स्वतन्त्रता अंकित विभिन्न सामग्रीहरु पाइन थालिएको छ। उसो त पटका पनि पड्काउन थालिएको छ। भिभिन्न स्थानमा जुलाई ४ मा फायर वर्क पनि हुनेछन।
यसै उपलक्षमा U.S. Citizenship and Immigration Services (USCIS) ले राष्ट्रको जन्म दिनको उपलक्षमा १५००० नयाँ नागरिकहरुलाई सिटिजनको रुपमा स्वागत गर्ने कुरा जनाएको छ। सोहि उपलक्षमा अमेरिका भरिमा ६५ भन्दा धेरै Naturalization Ceremonies को आयोजना हुँदै छन्। देशले २४१ औं जन्म दिन मनाइरहँदा १५ हजार व्यक्तिहरुले अमेरिकी नागरिकता लिएर नयाँ नागरिक बन्नेछन्।
USCIS का Acting Director James McCament ले सो उपलक्षमा १५ हजार नयाँ नागरिकहरुलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै यी सम्पूर्ण नयाँ अमेरिकन नागरिकहरु हाम्रो राष्ट्रको अनेकताको सिंगो गौरवताको नदीमा संगै बग्ने छन्, उहाँहरुले एक अमेरिकी नागरिको अधिकार सुनिश्चित गर्नु भएको छ भने आफ्नो सदिच्छा र जिम्मेवारीलाइ पनि उत्तिकै रुपमा पुरा गर्नु हुनेछ भन्नु भएको छ।