-साङ्केतिक तस्बिर

 ६ लाखसहित १६ जुवाडे पक्राउ

Hollywood Khabar February 13,2020 Comments

३ फागुन, काठमाडौं।प्रहरीले ६ लाख २५ हजार रुपैयाँ सहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बालाजुबाट विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–९  को शुभकामना चोकस्थित  केशव पाण्डेको घरमा जुवा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ  ६ लाख २५ हजार नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ का ४२ वर्षीय शंकर डंगोल, राजु गुरुङ, धादिङ सल्यानटारका पदम अधिकारी, गल्छी गाउँपालिकाका दिनेश कुँवर, काठमाडौंबूढानीलकण्ठ नगरपालिकाका ६० वर्षीय मोहन खड्का, शिवजी शिवाकोटी र सूर्यविनायक नगरपालिका–१० का ४६ वर्षीय देवेन्द्र केसी छन् ।

त्यसैगरी, मकवानपुर इन्द्रसरोवरका श्याम सुन्दर नगरकोटी, काठमाडौं नगरपालिका–३ का देवरत्न श्रेष्ठ, स्याङ्जा चापाकोटका विमल मगर, नागार्जुन–१ का रोशन ठकुरी, तारकेश्वर–६, काठमाडौंका रामशरण खत्री, नुवाकोट पञ्‍चकन्याका दिनेश पन्त, गोरखा धार्चेका बुद्धिबहादुर गुरुङ, आरुघाट–२ का अनुप गुरुङ र धादिङका इन्द्रराज बिडारीजुवाडेलाई  नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।