-विवाह भएको ६ महिनामा बच्चा जन्मे पनि पतिले स्विकार्नु पर्ने नेपालको कानुन

विवाह भएको ६ महिनामा बच्चा जन्मे पनि पतिले स्विकार्नु पर्ने नेपालको कानुन

Hollywood Khabar April 10,2017 Comments

हलिउडखबर, अप्रिल ११, २०१७

साधारणत नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ। नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ।

विध्यमान नेपाली कानुनमा विवाह भएको २७२ दिन भित्र जन्मेको बच्चा सोहि विवहित दम्पतिको मानिने व्यवस्था रहि आएको थियो। तर २०१७ मा बनेको मुलुकी ऐन कार्यान्वयनका कानूनमा विवाह भएको मितिले एक सय ८० दिनपछि जन्मेको शिशु विवाहित पतिबाटै जन्मेको मानिने छ। पतिको मृत्यु भएमा वा वैवाहिक सम्बन्ध अन्त्य भएमा उक्त मितिबाट दुई सय ७५ दिनभित्र अर्थात् नौ महिनासम्म पनि पतिकै हुने व्यवस्था छ।

विवाह गर्ने तथा कुनै प्राकृतिक वा अन्य प्राविधिक कारणले २७२ दिन अगावै बच्चा जन्मेमा स्वीकार नगर्ने चलन कानुनी रुपमै अन्त्य गर्न यस्तो कानुनी व्यवस्था प्रस्ताव गरिएको हो। सम्बन्ध विच्छेद भएपछि सम्बनध बिच्छेद भएकी महिलाका गर्भबाट नौ महिनासम्म बच्चा जन्मने सम्भावना हुने तर त्यस्तो परिस्थितीमा पतिले उक्त बच्चा स्वीकार नगरेको पाईएकाले यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ।