-पहिलो नेपाली स्वास्थ्य सम्मेलन अमेरिकामा, उपप्रधानमन्त्री यादब प्रमुख अतिथि

NRNA:पहिलो नेपाली स्वास्थ्य सम्मेलन अमेरिकामा, उपप्रधानमन्त्री यादब प्रमुख अतिथि

Hollywood Khabar September 18,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१९/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको स्वास्थ्य कमिटीको आयोजनामा पहिलो नेपाली स्वास्थ्य सम्मेलन अमेरिकामा हुँदैछ।

पहिलो नेपाली स्वास्थ्य सम्मेलन सेप्टेम्बर २०-२२, २०१९ मा अमेरिकाको एटलाण्टामा आयोजना गरिएको छ। संघको हेल्थ कमिटिका संयोजक तथा पब्लिक हेल्थका बिशेषज्ञ डा सन्जिब सापकोटाले सम्मेलनको सबै तयारी पुरा भएको कुरा हलिउडखबरलाइ दिएका छन्।

संघको हेल्थ कमिटीद्वारा आयोजना गरिएको यो पहिलो सम्मेलनमा नेपालका उपप्रधानमन्त्री उनेन्द्र यादब प्रमुख अतिथि रहेका छन्। सम्मेलनमा नेपाली डाइस्पोराका थुप्रै स्वास्थ्य बिज्ञानका बिज्ञहरु उपस्थित हुनेकुरा बताइएको छ। त्यसैगरी दर्जन भन्दा धेरै कार्यपत्रहरु प्रस्तुत हुने कुरा पनि बताइएको छ। यसबाहेक सम्मेलनमा केहि जनस्वास्थ्यका बिषयमा प्यानल डिस्कशन पनि हुनेछ।