-२०७ औं भानु जयन्ती समारोह उत्तरी क्यालिफोर्नियामा मनाइंदै

२०७ औं भानु जयन्ती समारोह उत्तरी क्यालिफोर्नियामा मनाइंदै

Hollywood Khabar June 20,2020 Comments

बाबु आचार्य/जुन २१, २०२०

क्यालिफोर्नियाको बे एरीया सान् फ्रान्सिस्कोमा अघिल्ला वर्षहरुमा जस्तै यो बर्षमा पनि भानु जयन्ती भव्यताका साथ मनाइने भएको छ।

नेपाली कला, साहित्य र संगीतलाई सधैं जगेर्ना गर्दै अगाडी बढेका दुई संस्थाहरू समुन्द्रपारिका मन र विकल्प फाउण्डेशनको संयुक्त आयोजनामा बिगतमा झैं यो साल पनि आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाउने तयारी गरेको हो। आदिकवि आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याउनु भएको योगदानलाई स्मरण गर्दै आगामी १२ जुलाई २०२० आइतबारका दिन बेलुका ५:०० बजे zoom मार्फत कार्यक्रम गर्ने निर्णय भएको छ।

यो कार्यक्रमलाई बे एरीयामा रहेका अव्य संघ-संस्थाहरु पनि सहभागिता जनाउने भएका छन्। उक्त कार्यक्रममा कविता, गजल, मुक्तक र गीत आदि समावेश गरिने छ। क्यालिफोर्नियामा मात्र नभएर विश्वभरी रहेका साहित्यानुरागी महानुभावहरू जोडीन सक्नु हुनेछ।