Hollywood Khabar सम्पूर्ण अमेरिकी तथा नेपाली अमेरिकनहरुलाई जुलाई ४ को हार्दिक शुभकामना व्यक्त गर्दछ।

जुलाई ४, २४२ औं अमेरिकी स्वतन्त्रता दिवस: अमेरिकाको जन्मदिन

Hollywood Khabar July 03,2017 Comments

कृष्ण के सी, जुलाई ४, २०२१

जुलाई ४, २०१८ अर्थात अमेरिकी स्वतन्त्रता दिवस अमेरिका देशभर मनाइन्छ। आज भन्दा २४७ वर्ष पहिला ४ जुलाई १७७६ का दिन अमेरिका स्वतन्त्र भएको घोषणा गरिएको दिन हो। The Continental Congress ले १३ वटा कोलोनीहरुलाइ नयाँ राष्ट्र, The United States of America घोषणा गरेको दिन जुलाई ४, १७७६ मा हो।यसलाई अमेरिकाको जन्म दिन पनि भन्ने गरिएको छ। (the Declaration of Independence, which was ratified by the Second Continental Congress on July 4, 1776, establishing the United States of America)

इतिहासमा कंग्रेसले सो घोषणा २ दिन अगाडि, २ जुलाई मा नै गरेको हो पनि भनिएको छ। जे सुकै भनिएता पनि यो अमेरिकी राष्ट्रिय स्वतन्त्रता दिवस, राष्ट्रिय छुट्टी हुने अमेरिकाको जन्म दिन धूम-धामसंग मनाइन्छ।

जुलाई ४ राष्ट्र देखि व्यक्ति र परिवार सम्म हरेक ठाउँमा फरक-फरक तरिकाले मनाइन्छ। फायर वर्कस्, परेड, कार्निभल्स, पिक्निक, BBQ पार्टी, कन्सर्ट, बेसबल खेल, पारिवारिक भेटघाट, घुम्न जाने, राजनैतिक भाषण लगायत बिभिन्न कार्यक्रमहरु हुने गर्छन।

यस महान जुलाई ४ स्वतन्त्रत्रा दिवसको उपलक्षमा हलिउडखबर सम्पूर्ण अमेरिकी तथा नेपाली अमेरिकनहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछ।