साङ्केतिक तस्बिर:साभार वेब

गएको २४ घण्टामा १०३९ जना सङ्क्रमित थपिएसंगै देशभर संक्रमितको संख्या ५४१५९ पुग्यो

Hollywood Khabar September 12,2020 Comments

२८ भदौ काठमाण्डौ। काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसंगै गएको २४ घण्टामा १ हजार ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो पुष्टी भएसंगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । आइतबार काठमाण्डौंमा चार सय ८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा नौ हजार एक सय ६५ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । गएको २४ घण्टामा एक हजार एक सय ७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३८ हजार ६ सय ९७  पुगेको छ ।  

अब नेपालमा १५ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।