३५ स्थानीय तहले अझै ल्याएनन् बजेट

३५ स्थानीय तहले अझै ल्याएनन् बजेट

Hollywood Khabar October 15,2021 Comments


चालु आर्थिक वर्षमा देशभरीका ७ सय ५३ मध्ये ३५ स्थानिय तहले अझै बजेट पेस गरेका छैनन् । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयलका अनुसार हालसम्म ७ सय १८ नगरपालीका र गाउँपालिकाले मात्रै बजेट पेस गर्दा ३५ स्थानिय तहले अझै बजेट विवरण नबुझाएका हुन् ।

कानुनी व्यवस्था अनुसार स्थानीय तहले हरेक वर्ष असार १० गते बजेट पेस गरी असार मसान्तभित्रै पास गर्नुपर्ने हुन्छ । तर यस वर्ष पनि ३५ स्थानीय तहले कानुनी व्यवस्थाको उल्लङघन गरेका छन् । बजेट पेस नगर्नेमा सबैभन्दा बढी प्रदेश नम्बर २ का स्थानीय तह रहेका छन् । दोस्रोमा बाग्मती प्रदेशका स्थानीय तहले बजेट पेस गरेका छैनन् । २ नम्बर प्रदेशमा रहेका १ सय ३६ स्थानीय तहमध्ये २९ स्थानीय तहले बजेट ल्याउन नसकेका हुन् ।

गत वर्ष यस प्रदेशका ४ स्थानीय तहले मात्र बजेट पेस गरेका थिएनन् । यस बर्ष बाग्मती प्रदेशमा रहेका १ सय १९ स्थानीय तहमध्ये ४, प्रदेश नम्बर १ का २ स्थानीय तहले बजेट पेस गरेका छैनन् । मन्त्रालयले बजेट विवरण बुझाउन पटक पटक निर्देशन दिएपनि यी तहले बजेट ल्याउन अटेर गरेको बताइएको छ ।