-यल सांस्कृतिक पर्व संरक्षण समितिले तीन पत्रकारलाइ सम्मान गर्यो

यल सांस्कृतिक पर्व संरक्षण समितिले तीन पत्रकारलाइ सम्मान गर्यो

Hollywood Khabar November 14,2020 Comments

सन्तोष दाहाल, ललितपुर, ११/१५/२०

बन्द रहेकाे पायः (खड्ग) जात्रा र नव दुर्गा ( गःथुँ प्यांख) नाच सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना पत्रकारलाई सम्मान गरिएकाे छ।

यल सांस्कृतिक पर्व संरक्षण समितिले आईतबार एक समाराेहकाे आयाेजना गरी साे सम्मान गरेकाे हाे । सम्मानित हुने पत्रकारहरूमा क्रमशः सुनील महर्जन, प्रशान्त माली र राजेश बज्राचार्य रहनुभएकाे छ । महर्जन नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव, माली पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका उपाध्यक्ष र बज्राचार्य शाखाका पूर्व सचिव हुनुहुन्छ ।

साे समाराेह पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयाेजना गरिएकाे थियाे। साे अवसरमा ललितपुर उद्याेग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका समितिका संयाेजक कृष्णलाल महर्जनले खाढा ओढाई वाग्मती प्रदेशका सासंद् शाेभा शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पत्रकारहरूलाई सम्मान पत्र प्रदान गर्नुभयाे ।

दशै अवसरमा पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः जात्रा र गथु प्याँख पुनः सञ्चालनका लागि सञ्चार क्षेत्रबाट उल्लेखनीय भूमिका निर्वाह गरेकाेलाई कदर गर्दे साे सम्मान गरिएकाे समितिका संयाेजक कृष्णलाल महर्जनले बताउनुभयाे । साे अवसरमा संस्थागत रूपमा नेवाः पत्रकार राष्ट्रिय दबूलाई पनि सम्मान गरिएकाे थियाे ।

लिच्छिविकालीन संस्कृति, धार्मिक ऐतिहासिक महत्वकाे पायः जात्रा २३ वर्षदेखि राेकिएकाे थियाे। त्यसैगरी ठेचाेकाे नवदुर्गा नाच विजया दशमीकाे दिन पट्काेमा ४० वर्षदेखि र पाटन दरबार क्षेत्रमा पाँच वर्षदेखि राेकिएकाे थियाे ।

नाच पुनः सञ्चालन गर्न सञ्चार क्षेत्र मार्फत निरन्तर पैरवीसंगै तीन जना पत्रकारले शुरूमा संयाेजनकारी भूमिका निर्वाह गरेकाे थियाे। तीन जना पत्रकारकाे अगुवाई र नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखाकाे आयाेजनामा २०७३ असाेज १३ गते पहिलाे पटक जिल्लाका प्रशासन, स्थानीय निकाय, गुठी संस्थान, गुठीयारहरूकाे बृहत् गाेष्ठी आयाेजना गरेकाे थियाे।

नाच पुनःसञ्चालनका क्रममा गाेष्ठीमा उठाईएकाे माग, समस्या समाधान, सराेकारवाला र गुठीयारबीच समन्वय, स्थानीय निकायमा निरन्तर पैरवीका लागि तत्कालीन वाणिज्य संघकाे अध्यक्ष सविन श्रेष्ठ संयाेजन रहने गरी यल सांस्कृतिक पर्व संरक्षण समिति गठन गरेकाे थियाे। समितिले २०७३ चैत्र महिनामा जिल्ला विकास समितिकाे सहयाेगमा बृहत सराेकार भेला आयाेजना गरी नाच संञ्चालनकाे लागि सराेकारवालासंग संवाद गर्ने भेला, डेलिगेशन र ज्ञापनपत्र बुझाउने नीष्कर्ष निकालेकाे थियाे।

यही क्रममा गुठीयार, सञ्चार क्षेत्र, नेवाःपत्रकार राष्ट्रिय दबू, उद्मी व्यवसायी र महानगरपालिका लगायत सबैकाे पहलकाे परिणति २०७४ मा पाटन दरबार क्षेत्रमा नवदुर्गा नाच पुन संञ्चालन गरेकाे संघका महासचिव मनाेजबहादुर न्याछ्याेले समाराेहमा धारणा राख्नुभयाे। त्यसैगरी संघकाे अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएपछि २०७५ सालकाे दशैताकादेखि पायःजात्रा संञ्चालन भएकाे थियाे। साे अवसरमा पत्रकार प्रशान्त मालीले लेख्नुभएकाे खड्ग पायःजात्रा नामक पुस्तक लाेकार्पण गरिएकाे थियाे।साे पुस्तक नाचकाे धार्मिक, सांस्कृतिक, ऐतिहासिक पक्ष र नाच संञ्चालनका लागि भएका याेजनाबद्ध भूमिका र प्रयासकाे दस्तावेज रहेकाे लेखक मालीले बताउनुभयाे । समाराेहमा साे अवसरमा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनले संस्कृति पर्व संरक्षणका लागि सबै एकजुट भएर अघि बढेकाे हुनाले बन्द भएकाे अमूर्त संस्कृ ति सञ्चालन सम्भव भएकाे बताउनुभयाे ।

साे अवसरमा विभिन्न गुठीका गुठीयार, बाजंखलः जातीय समाजका प्रतिनिधि र उद्मी व्यवसायी अजरमान जाेशी लगायत लाई सम्मान गरिएकाे थियाे ।

महानगरपालिका प्रमुख महर्जन, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जाेशीले संस्कृति संरक्षणका लागि सबैकाे सामूहिक प्रयास प्रभावकारी रहने नाच पुनःसंञ्चालनले प्रमाणित गरेकाे धारणा राख्नुभयाे।