Hollywoodkhabar advertisement

नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ता करिब एक करोड पुग्यो

नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ता करिब एक करोड पुग्यो

फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको हो । नेपालमा अहिले तीनवटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराइरहेका छन् । यद्यपि प्रतिस्पर्धा भने मुख्य रूपमा नेपाल टेलिकम र एनसेलबीच मात्र देखिन्छ । 

प्राधिकरणको तथ्याङ्क अनुसार टेलिकमका फोरजी प्रयोगकर्ता ४७ लाख ४४ हजार नाघेका छन् । एनसेलको सबैभन्दा धेरै ५० लाख ४२ हजार रहेको देखिन्छ । अर्को सेवा प्रदायक स्मार्ट टेलिकमका भने एक लाख ६६ हजार मात्र फोरजी प्रयोगकर्ता रहेका छन् । प्रयोगकर्ताको सङ्ख्याको हिसाबले गत आर्थिक वर्ष २०७७र७८ मा फोरजीमा सबैभन्दा धेरै ग्राहक थपिएका छन् । टेलिकमले विगत एक वर्षको अवधिमा मात्रै करिब ४० लाख फोरजी प्रयोगकर्ता थपेको छ ।

त्यस्तै एनसेलले २० लाख फोरजी प्रयोगकर्ता थप गरेको छ । स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेको देखिन्छ । एक वर्षको अवधिमा कम्पनीका करिब ५० हजार फोरजी प्रयोगकर्ता घटेको तथ्याङ्कले देखाउँछ । 

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----