-जुलाई ४ मा क्यालिफोर्नियामा के गर्न हुने के नहुने, कुन कुन बीच बन्द लिष्ट सहित

जुलाई ४ मा क्यालिफोर्नियामा के गर्न हुने के नहुने, कुन कुन बीच बन्द लिष्ट सहित

Hollywood Khabar July 02,2020 Comments

हलिउडखबर/क्यालिफोर्निया/७/३/२०

कोभिड १९ ले विश्वभरिमा नै आम गतिविधिमा परिवर्तन ल्याएको छ। जनस्वास्थ्यलाइ मध्य नजर गर्दै स्टेट अफ क्यालिफोर्नियाले जुलाई फोर्थमा के के गर्न हुने के नहुने भन्दै नोट जारि गरेको छ।

क्यालिफोर्नियाका गभरनर ग्वाविन न्यूसमले दिएको लिष्ट अनुसार थुप्रै गतिबिधि यो पटकको अमेरिकी स्वतन्त्रता दिवस अर्थात July 4th अलिकति फिक्का हुने भएको छ।

सुचारु रहने बन्द रहने गतिबिधिहरु:

  • फायरवर्क- केहि सिटीहरुमा प्रफेस्नल ब्यबस्थापन गर्दै आयोजना गर्ने गरिएको फायर वर्क यो पटक कम हुने भएको छ। कतिले आयोजना गरेनन र कतिले फरक किसिमले गर्दैछन्।
  • केहि सिटीले फायरवर्कका सामानहरु पटका, आताबाजी, स्काई रकेट, लगायतका कुराहरु बिक्रि गर्न दिएका छन् त कतिले छैनन। क्यलफायरका अनुसार फायरवर्क गर्न दिने शहरबरुमा- Dublin, Newark, Union City, Gilroy, Pacifica, San Bruno, Dixon, Rio Vista, Suisun City, Cloverdale, Rohnert Park and Sebastopol छन्।
  • क्यालिफोर्नियामा निम्न फायरवर्क गैरकानुनी मानिएका छन्- Sky rockets, Bottle rockets, Roman candles, Aerial shells, Firecrackers, Other fireworks that explode, go into the air, or move on the ground in an uncontrollable manner

निम्न गतिबिधिमा फरक ब्यबस्था गरिएको छ:

  • परेड- साना समूह र virtual parades मात्र
  • पार्टी र बार्बिक्यू-एकाघरका परिवार या वासिन्दा मात्र, फरक ठाउँमा बस्ने मिङ्गलहरु हेल्थ प्रोटोकल कायम गरेर मात्र
  • पार्कमा गर्ने पिकनिक- सामाजिक दुरी र हेल्थ प्रोटोकल कायम गरेर मात्र पिकनिक गर्न पाउने। तर सानो सानो झुण्डमा। तर कतिपय पार्कका टेबलहरु भने बन्द गरिएका छन्। तर चौरमा बस्न पाइने छ।
  • Beaches र पार्कहरु-क्यालिफोर्नियाका दक्षिण क्षेत्रमा समुन्दी तट अर्थात समुन्द्री बीचहरु बन्द गरिएका छन्। बे एरिया र शान्ता क्रुजका स्टेट बीच बन्द गरिएका छन्। पार्किंङ लट पनि बन्द गरिएका छन्। Mount Tamalpais State Park, Tomales Bay State Park, Fort Ord Dunes State Park, Monterey State Historic Park, Zmudowski State Beach, Bolsa Chica State Beach, Corona del Mar State Beach, Crystal Cove State Park, Doheny State Beach, Huntington State Beach, San Clemente State Beach, Cardiff State Beach, Carlsbad State Beach, Leucadia State Beach, Moonlight State Beach, Ocotillo Wells State Vehicular Recreation Area, San Elijo State Beach, San Onofre State Beach, Silver Strand State Beach, South Carlsbad State Beach, Torrey Pines State Beach, Candlestick Point State Recreation Area, Bean Hollow State Beach, Gray Whale Cove State Beach बन्द रहने छन।
  • त्यसैगरी Half Moon Bay State Beach, Montara State Beach, Pacifica State Beach, Pescadero State Beach, Pomponio State Beach, San Gregorio State Beach, Thorton State Beach, Carpinteria State Beach, El Capitan State Beach, Point Sal State Beach, Refugio State Beach, Natural Bridges State Beach, Twin Lakes State Beach, Seacliff State Beach, Manresa State Beach, Sunset State Beach, Sonoma Coast State Beach समेत बन्द रहने छन।