-एनआरएनए जापानका पुर्व अध्यक्ष देवीलालले सडक दुर्घटनामा निधन भएका हृदयेशको ५० लाख खाएको आरोप

एनआरएनए जापानका पुर्वअध्यक्ष देवीलालले सडक दुर्घटनामा निधन भएका हृदयेशको ५० लाख खाएको आरोप

Hollywood Khabar September 25,2021 Comments

खगराज गौतम, सेप्टेम्बर २५, २०२१

गैरआवासीय नेपाली संघ जापानका निवर्तमान अध्यक्ष देविलाल भण्डारीमाथि जापानको गुन्माकेनमा सडक दुर्घटनामा निधन भएका हृदयेश जिशीको परिवारले बिमा रकम बापत प्राप्त भएको करिव ५० लाख रकम दुरुपयोग गरि आफुहरुलाई भुक्तानी नगरेको आरोप लगाएका छन्।

शनिबार पत्रकार सम्मेलन गर्दै मृतक जिसीका भाइ मोहन जिसीले आफ्नो दाजुको मृत्यु बापत् जापानको बिमा बापत २ करोड ९६ लाखभन्दा बढि रकम आएपनि देविलाल भण्डारीले हालसम्म १ करोड ९० लाख जति रकम परिवारलाई भुक्तानी गरिएको, १३ लाख नगद देविलाललाई आफ्नो घरबाट नगद नै प्रदान गरिएको गरेर अब ५० लाख रकम भुक्तान गर्न रहेपनि सो रकम भुक्तानी नगर्न अनेक बाहना बनाई रहेकोले तत्काल भुक्तान गर्न आग्रह गरे। उनले भने बाकी रहेको ररकम तत्काल भुक्तानी गरी सार्वजनिक रुपमा माफी माग्नुस नत्र हामी कानुनी प्रक्रियामा मार्फत सो रकम उठाउन बाध्य हुनेछौ ।

पत्रकार सम्मेलनमा मोहनले नेपालमा फोन गर्दा ३ लाख, नेपालमा परिवारले नै गरेको अन्तिम संस्कारको समेत १ लाख ६७ हजार, भाषा अनुवादका लागि नेपाल र जापानमा गरी १० लाख २० हजार, जापानमा शव व्यवस्थापनका लागि ५ लाख ९० हजार, वकिल खर्चसहित गरि कुल ६९ लाख भन्दाबढि खर्चको विवरण देखाएपनि उक्त रकमका अधिकांश बिल भरपाईहरु नक्कली रहेको समेत आरोप लगाए । उनको आरोप रहेको छ की देविलालले देखाएका अधिकांश बिल भरपाईहरु उनको जापानी व्यावसायीक साझेदार सासाकीको कम्पनीका रहनुले झन बढी आशंका जन्माएको छ ।

देविलालले यसअघि ४२ सय १४ मान येन मृतक केसीको नाममा आएको भनि बोलेको अडियो रेकर्ड आफुले आबेसमा मात्र बोलेको’ दाबी गरेका छन्।

आरोपित देविलालले मे ३० तारिकका दिन जापानमा पत्रकार सम्मेलन गरि आफुले मानवताको नाता र एनआरएनएको जिम्मेवार पदाधिकारी रहेकोले आवश्यक सहयोग पुर्याएको र रकम हिनाबिना र दुरुपयोगमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । त्यस लगत्तै मोहनको परिवारले गाडी खर्च, खाना खर्च लगायतमा आफ्नो निजी खर्च भएको भन्दै घरबाट २०७५ जेड १४ गते १३ लाख नगद देविलाललाई बुझाएको थिए । यो कुरालाई देदिलालले अस्विकार गर्दै आएपनि उनीसँग भएका कुराकानी र मृतकको परिवारले गरेको दाबीका आधारमा सो रकम बुझेको पाइएको छ ।

आरोपित देविलालले यो केशलाई नउचाल्न र सामसुम पार्नका लागि गैडाकोटका नगर प्रमुख, वार्ड अध्यक्ष, आफ्ना निजी वकिल र एनआरएनएका मान्छेमार्फत बारम्बार दबाब दिदै आएको समेत मृतकका भाइ मोहनले पत्रकार सम्मेलनमा बताए । तर आफुले कुनै हालतमा पनि न्याय प्राप्ती र भ्रष्टाचारका विरुद्ध लडिरहने र आफ्नो यो लडाइले यस्ता घटनामा फेरी नेपालीहरु ठगिनु नपरोस् मान्यता रहेको उनले बताए ।

मृतकको परिवारलाई आवश्यक सहजिकरण गर्दै आएका जापानको गुन्माकेनमा बस्ने बुद्धि शेरचनले हृदयेश जिशीको केशमा वकिल लगाउनु पर्ने नभएपनि देविलालले रकम खानकै लागि वकिल लगाइएको बाहना गरेको आरोप लगाए । उनले एनआरएनएको जिम्मेबार व्यक्तिको हैसिएतमा देविलालले काम गरि मृतकको परिवारको रकम दुरुयोग गरेकाले यसको जिम्मेबारी पनि सोही संस्थाले लिनुपर्ने जोड दिए । घटना भएको भोलिपल्ट नै देविलाल सो ठाउँमा पुगेको सप्रमाण आफूसँग रहेको बताउदै शेरचनले १४ दिन पछिमात्र पुगेको बताउनुले उनको बास्तविकता छर्लङ्ग भएको बताए । देविलाल, जापानी नागरिक सासाकी जो एनआरएनए जापानको धेरै गतिविधिमा संलग्न रहँदै आएका छन् मात्र नभई सिद्धार्थ श्रेष्ठ लगायत त्यहाँ पुगेको श्रोत बताउँछ।

सडक दुर्घटना भई बापत प्राप्त हुने बिमा रकममा अनियमितता गरेको आरोप खेपिरहेका देविलाललाई आइसिसिको अनुशासन समितिको अर्को निर्णय नहुने अवधिसम्मका लागि अध्यक्ष पदबाट निष्क्रिय राख्न एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठले निर्देशन दिएपछि उनी जापानको एनसिसिको अधिवेशनमा समेत सहभागी हुन पाएका थिएनन् ।

अप्रिल महिनाको १ तारिख एनआरएनए जापानका पूर्व अध्यक्षहरु र जापानबाट एशिया प्यासिफिक तथा आईसिसीमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुसामु देविलालले १० दिन भित्र आफु निर्दोश रहेको प्रमाण बुझाउन समय लिएका थिए । आफैंले मागेको समय भन्दा २ दिन ढिलो गरि उनले तिनै व्यक्तिहरु सामु प्रमाण भन्दै केही कागजात बुझाएका समेत थिए । प्रमाणको रुपमा सडक दुर्घटनामा निधन भएका हृदयेश जिसीको नाममा आएको २६ सय ६९ मान येन रकमको बिल एशिया प्यासिफिक संयोजक गोबिन्द श्रेष्ठ र एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानागंलाई बुझाएको बुझिएको छ । तर त्यसपछि कुनै प्रक्रिया अगाडी नबढाइएको पाइएको छ।

यता एनआरएनए जापानको तत्कालीन समितिको बहुमत पक्षले देविलालको कारबाहीको माग गर्दै आइसिसिका विभिन्न निकायमा आवेदन गरेपनि कुनै सुनुवाई नभएको बताइएको छ ।