तस्बिर साभार वेब

६०-४० भागबण्डाको खुलासा : मेयर र उपमेयरको छुट्टाछुट्टै पत्रकार सम्मेलन

Hollywood Khabar February 12,2020 Comments

२ फागुन जुम्ला । उपमेयर अस्परादेवि न्यौपानले गत मंगलबार पत्रकार सम्मेलन गरी आफुमाथि लगाएका आरोपहरुको खण्डन गर्दै मेयर कान्तिका सेजुवाले प्रमाण बिना चरित्रहत्या गर्ने काम भएको बताएकी छन् । मेयर सेजुवालले विहिबार विहान पत्रकार सम्मेलन गरी बजेट विनियोजन, योजना अनुगमन, देखि सवारी साधन प्रयोगको सन्दर्भमा दुईजनाको संलग्नता रहेको दाबी गरेकी छन् ।

गत आवमा हुन लागेको लगानी सम्मेलन उपमेयर कै असयोगले स्थगीत भएको आरोप लगाउदै, आव २०७४/७५ का सबै योजना उमेयर कै अनुगनमा भुक्तानी भएको समेत दाबी गरेकी छन् । मेयर सेजुवालले भनिन, विकास निर्माणका क्षेत्रमा दुईजना बीच ६०–४० भागभण्डा हुदै आएको कुरा पनि खुलाईन् । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ अनुरुप उपप्रमुख लगायत अन्य कर्मचारीले गरेका काम कार्बाहि बारे जानकारी लिने रेखदेख गर्ने अधिकार मेयरलाई भएपनि हाल सम्म उपमेयर कुनै पनि कामको विवरण प्रमुख समक्ष पेश नगरेको समेत आरोप लगाईन् ।

आ व २०७४ देखि हाल सम्म विभिन्न योजना छनौट देखि बजेट विनियोजनमा स्वयम उपप्रमुखको हस्ताक्षर भएको प्रमाणले देखिन्छ ।मेयरले थपिन, खाली विरोधको भावनाले राजनीतिक गलत दृष्टीकोणबाट उपमेयर आफुमाथी खनिएको स्पष्ट पारिन् । ४२ लाखका योजना अनुगमन बिनै एकल निर्णय गरी भुक्तानी गरिएको आरोप निराधार भएको भन्दै, कार्यपालिका र नगरसभाबाट स्वीकृत भई प्रचलित कानुन अनूरुप कार्यान्वयनमा आएका छन् । भने, सवारी उपमेयरले सवारी प्रयोग गर्ने लकबुकमा प्रयोजन खुलाउन भन्दा कर्मचारी संग झगडा गरेको समेत आरोप लगाइएको छ ।तर उल्टै सवारी साधन दुरुपयोग भएको आरोप लगाउनु हाँस्यपद भएको मेयरको जिकिर छ । नगर विकासका लागि बाटो फराकिलो हुँदा पनि उपमेयरकै असयोगले आफ्ना योजनाहरु विलाउदै गएको समेत मेयरले दुखेसो गरिन् । मनका कुण्ठा पोख्ने,राजनीति भावनाले बदला लिने, तथ्य हिन आरोप लगाएर चरित्र हत्या गरेको प्रति घोर आपत्ती जनाएकी छन् । उपमेयरले लगाएका आरोप प्रति पत्रकार सम्मेलन मार्फत जारी गरिएको विज्ञेप्तीमा मेयरले सबै आरोप निराधार, चरित्र हत्या गर्नको लागि भएको समेत प्रष्ट पारेकी छन् ।

६०–४० का हिसाबले भागभण्डा गर्दा चुप लाग्ने पछि ऐन कानुनका कुरा ल्याएर आरोप लगाउने प्रबृति हाबी भएको उल्लेख गरिन् । उप्रमुखको कुनै जिम्मेवारी माथि हस्तक्षेप भएको छैन्, अनुगमन गर्ने सबालमा संगै गएका छौ, बजेट विनियोजना तथा भुक्तानी गर्दा गरिएका निर्णयमा उपमेयरका हस्ताक्षर हुँदाहुदै अनाआबश्यक आफुमाथि आईलागेको सुनाईन् । अन्त्यमा उनले कि प्रमाण पेश गर्नुपर्छ हैन, अति भए मान हानीको मुद्धा गर्ने समेत चेतावनी दिएकी छन् ।