-अमेरिकामा ६ वटा कर्पोरेट मिडिया हाउसले ९० प्रतिशत मिडिया कन्ट्रोल गर्छन

अमेरिकामा ६ वटा कर्पोरेट मिडिया हाउसले ९० प्रतिशत मिडिया कन्ट्रोल गर्छन

Hollywood Khabar May 08,2017 Comments

कृष्ण के सी, सेप्टेम्बर १३, २०२१

एउटा प्रश्न सबैको मनमा लाग्न सक्छ। विश्वचर्चित CNN, ABC, FOX NEWS लगायत मिडिया भएको देश अमेरिकामा आम संचार र मिडिया हाउसहरुको हैसियत कस्तो होला।

कुनै जमानामा Washington Post मा नाम आउनु भनेको धेरै ठूलो कुरा, Washington Post ले राजनैतिक उथल-पुथल गर्ने हैसियत राख्दथ्यो भनिन्छ। तर अहिले त्यो अवस्था छैन। २ हजार भन्दा धेरै कर्मचारी राखेर इतिहास बोकेको Washington Post को बजार भ्यालु २० म्यानपावरले चलाएर चर्चा कमाएको WhatsApp को भन्दा कम हुनलाग्यो। यो कर्पोरेट लाइफ र संचारमा आएको परिवर्तनको प्रतिफल हो।

यो पंक्तिकार पनि सानोतिनो कर्पोरेट दुनियाँमा काम गरेको झन्डै १६ वर्ष भन्दा धेरै हुन लागेछ। कम्पिटेटर सर्भे, अफर म्याचिङ्, मार्कॆटिङ् स्टडी, हरेक सोमबार हतारिंदै काममा पुग अनि शुक्रबार पे चेक समातेर खुसी हुँदै घर जाउ। यस्तै भन्दा भन्दै हप्ता-महिना र वर्ष बित्ने रहेछ, पत्तै हुन्न कपाल त सेतै हुने रहेछ।

अब कुरा गरौँ मुख्य मुद्धातिर को। वर्तमान अवस्थामा अमेरिकामा सयौं होइन हजारौ संचारका मध्यमहरु छन। बिश्वस्तरका लिडिङ्ग संचारगृह देखि स्थानिय र अन्य भाषाका समेत संचार माध्येम छन्। तर पनि अचम्मको कुरा के रहेछ भने सम्पूर्ण संचारको ९०% मिडियाको कन्ट्रोल भने ६ वटामात्र मुख्य कर्पोरेटले गरेका रहेछन। Jason at Frugal Dad ले तयार पारेको एक रिपोर्ट अनुसार १९८३ मा ५० भन्दा धेरै कर्पोरेटले संचार नियन्त्रण गरेका थिए। तर २०१७/२०१८ तिर र त्यसभन्दा पछि पुग्दा भने प्रमुख ६ माध्येमले नै ९०% संचार ओगटेका छन्।

अमेरिकामा चर्चाको शिखरमा रहेको Business Insider का अनुसार ती जाइण्ट कर्पोरेटहरु यसप्रकार छन:

  1. GE-Comcast, NBC, Universal Pictures, Focus Features
  2. NEWS CORP-FOX, Wall Street Journal, New York Post
  3. DISNEY-ABC, ESPN, PIXAR, MIRAMAX, MARVEL STUDIOS
  4. VIACOM-MTV, NICK JR, BET, CMT, PARAMOUNT PICTURES
  5. TIME WARNER-CNN, HBO, TIME, WARNER, BROS
  6. CBS-SHOWTIME, SMITHSONIAN CHANNEL, NFL.COM, JEOPARDAY, 60 MINUTES