-सान होजेकी एक आमाले आफ्नै सन्तान मारेको आरोपमा गिरफ्तार #Pic. from LVMPD Twitter

सान होजेकी एक आमाले आफ्नै सन्तान मारेको आरोपमा गिरफ्तार

Hollywood Khabar June 08,2021 Comments

लस भेगास, जुन ८, २०२१

सान होजे, क्यालिफोर्नियाकी एक आमाले आफ्नै ७ बर्षीय छोरालाइ लस भेगास ट्रेलमा लगेर मारेको आरोपमा लस भेगास प्रहरीले उनलाई गिरफ्तार गरेको छ।

नेभाडाको विश्वो चर्चित सिटी लस भेगास नजिकै ट्रेलमा हस्टेड नामका ७ बर्षीय बालक मृत भेटिएपछि लस भेगास प्रहरीले त्यसको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा हत्याको आरोपमा बालककै आमालाइ कोलोराडोको डेन्भर प्रहरीले नियन्त्रणमा लिएको छ। एबीसी न्यूजका अनुसार समन्था मोरेनो रंड्रीगेजलाइ एफबीआइद्वारा लिड गरिएको रक्की माउण्टेनको डेन्भर प्रहरीले उनलाई लिन्यंत्रणमा लिएको हो।

यसपूर्व जुन ७, २०२१ सोमबार समन्थाको खोजीमा सुरक्षा अथोरिटीले नेशनवाइड वारेण्ट जारी गरेको थियो। पहारीले प्रेसकन्फ्रेन्समा ७ बर्षीय बालकको हत्यामा संलग्न ३५ बर्षिय मृतककी आमा नै रहेको कुरा बताएको थियो। उनि संबन्धि सूचना दिनेलाइ लस भेगास प्रहरीले १० हजार डलरको पुरस्कार समेत घोषणा गरेको थियो।

बालकको मृत शरिर मे २८, २०२१ मा फेला परेको थियो। यसपहिला बालक र उनकी आमा सान होजेमा मे २४ मा देखिएका थिए। मे २६ बिहान उनीहरु हिंडेका थिए, दिउँसो लगुनाबीच र भिक्टोरियाभिलमा पुगेका थिए। त्यसको २ दिन पछि बालकको मृत शरिर लस भेगासको गाउँको ट्रेलमा एउटा झाडीमा फेला परेको बताइएको छ। सो स्थान मेन हाइवेबाट अलिकति बाहिर पर्ने बताइएको छ।