राष्ट्रिय बाल दिवस : ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन

राष्ट्रिय बाल दिवस : ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन

Hollywood Khabar September 12,2021 Comments

गत आर्थिक वर्षमा हराएकामध्ये ८३ प्रतिशत बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपाल सरकार, बालबालिका खोजतलास समन्वय केन्द्र ९१०४० मार्फत् उक्त वर्षमा तीन हजार ६५८ बालबालिका हराएकामध्ये तीन हजार नौ जनालाई पुनर्मिलन गराइएको हो । सोही अवधिमा बेवारिसे फेला परेका १९७, सडक बालबालिका ३५५ र जोखिमपूर्ण कार्यमा संलग्न तथा सडकमा वस्तु विनिमयमा संलग्न ५८ बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता उमेश ढुङ्गानाले जानकारी दिए ।

नभेटिएकामध्ये कतिपय बालबालिका सीमापारि छिमेकी भारत पुगेको हुनसक्ने र त्यहाँबाट खोजी र उद्धार गर्न कठिनाइ हुने गरेको छ । सो मन्त्रालय र मातहतको राष्ट्रिय बाल अधिकार परिषद्ले स्थानीय तह र नेपाल प्रहरी समेतको समन्वयमा बालअधिकार ऐनको कार्यान्वयन, बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन गर्दै आएको छ ।

परिषद्को बालबालिका खोजतलास केन्द्रले पछिल्लो समय यही भदौ १७ गते काठमाडौँको कलङ्कीबाट बेवारिसे सडक बालबालिकालाई  लाई खोजी गरेर उद्धार र व्यवस्थापन गरेको थियो । यसरी उद्धार गरिएका १३ वर्षमाथिका बालबालिकालाई बौद्धस्थित शुभ रिकभरी, उपचार तथा पुनःस्थापना केन्द्र र १३ वर्षमुनिका बालबालिकालाई ललितपुरको बाल आवाज संस्थाको गृहमा संरक्षण गरिँदै आएको छ । 


केन्द्रले हराएको बालबालिकाको खोजी गरी परिवारको जिम्मा लगाउने र अभिभावक पत्ता नलागेकालाई संस्थामा राखेर पढाइ र पालनपोषणका लागि समन्वय गर्दै आएको खोजतलास केन्द्रका कार्यक्रम अधिकृत सन्तोष अधिकारीले बताए । पैसा नलाग्ने फोन १०४ लाई काठमाडौँ उपत्यका बाहेकका जिल्लामा परिषद्को सहयोगमा नेपाल प्रहरीको महिला, बालबालिका सेलले सञ्चालन गर्दै आएको छ ।

मन्त्रालयको आँकडाअनुसार विसं २०७३ वैशाखदेखि सुरु भएको ‘सडक बालबालिका मुक्त नेपाल’ अभियानबाट २०७८ असार मसान्तसम्ममा एक हजार ७८८ जना ९बालक–१५३६, बालिका–२५२० सडक बालबालिकाको उद्धार गरी संरक्षण व्यवस्थापन गरिएको छ ।


सडकबाट ८६८ बालबालिकालाई पारिवारिक पुनर्मिलन गरिएको, २१४ लाई विभिन्न सीपमूलक तालिममा पठाइएको र ५९ जना तालिम पूरा गरी सीपमूलक कार्यमा संलग्न रहेको, ५० बालबालिकाको परिवार तथा अभिभावक नभेटिएकाले दीर्घकालीन संरक्षणका लागि वैकल्पिक स्याहारमा पठाइएको छ । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले उद्धार गरिएका बालबालिकामध्ये १८८ बालबालिकाले १८ वर्ष पूरा गरी स्वावलम्बी भएको रहेको बताए ।

मुलुकमा पछिल्लो समयमा १८ वटा बाल हेल्पलाइन सेवा केन्द्र र बालबालिका खोजतलास समन्वय केन्द्रमा कोभिड–१९ हेल्प डेस्क सञ्चालन भएको छ । यी हेल्प डेस्कबाट गत आर्थिक वर्षमा तीन हजार ५७ बालबालिकाले सहयोग लिएको छन् । परिषद्ले बाल हेल्पलाइन ९१०९८० को थालनी गरी जोखिमपूर्ण अवस्थामा रहेका र तत्काल उद्धारको आवश्यकता भएका ७१६ बालबालिकाको उद्धार संरक्षण र व्यवस्थापन गरेको छ भने १० हजार ३६८ जना बालबालिकालाई बाल हेल्पलाइन सेवा प्रदान गरेको छ । रासस