-सेप्टेम्बर ११ अर्थात ९/११, अमेरिकी इतिहासमा एउटा दु:खद स्मृति

सेप्टेम्बर ११ अर्थात ९/११, अमेरिकी इतिहासमा एउटा दु:खद स्मृति

Hollywood Khabar September 10,2019 Comments

कृष्ण के सी/अमेरिका/९/११/१९

न्यू योर्क टाइम्समा Tom Mashberg ले सेप्टेम्बर १०, २०१९ मा ९/११ को दुखद घटनाका बारेमा एउटा लेख लेखेका छन्। उनले मुभीको सिन र अरु थुप्रै कुराहरु जोडेर सो घटनालाई विश्लेषण सहित स्मरण गराएका छन्। साथै एउटा प्रश्न पनि तेर्साएका छन्।

आज भन्दा १८ बर्ष पहिला सेप्टेम्बर ११, २००१ मा वर्ल्ड ट्रेड सेन्टर र पेण्टागनमा भएको आतंकारी हमलाबाट ३००० मानिसहरु मारिए। थुप्रै व्यक्तिहरु घाइते भए। सुन्दर ट्विन टावरमा हवाई जहाज आक्रमण गराइयो। १९ जना इस्लामिक अल काइदा आतंककारी ग्रुपद्वारा ४ वटा जहाज हाइज्याक गरेर सो सुसाइड आक्रमण गरिएको थियो।

४ मध्ये २ वटा जहाजले न्यूयोर्कमा रहेका २ वटा टावर माथि आक्रमण गरे। अमेरिकन एयरलाइन्सको २० हजार ग्यालन तेलले भरिएको जहाजले बिहान ८:४५ बजे उत्तर तर्फको टावरमा आक्रमण गराइयो। ११० तलाको टावरको ८० औं तलामा सो आक्रमण भएको थियो। यसबाट सयौं व्यक्ति च्यापिए र हजारौं हताहत भए, मारिए, स्थिति दर्दनाक थियो।

त्यसको ठीक १८ मिनेट पछि United Airlines को अर्को जहाजबाट दक्षिण तर्फको अर्को टावरमा आक्रमण गराइयो। दक्षिण तर्फको टावरको ६० औं तलाको साइडमा भएको सो आक्रमण पनि अर्को दर्दनाक थियो। पहिलो जहाज दुर्घटना हो कि भन्ने लागेता पनि दोश्रो आक्रमण पछि भने अमेरिका माथि आक्रमण भएको निर्क्योल निकालियो।

फेरि पनि तेश्रो जहाजले वासिंङटन डिसीको पेण्टागनमा आक्रमण गर्यो। अनि चौथो जहाज Shanksville, Pennsylvania मा क्र्यास भयो। यसरी अमेरिका माथि भएको आतंककारी हमलाबाट ३००० भन्दा धेरैको ज्यान गएको घटना अत्यन्तै दुखद स्मृति हो।