नौ महिने मन्त्रीपरिषदका नायक मन्त्रि थापाको निरन्तरता जरुरि

Hollywood Khabar May 26,2017 Comments

-सोनी शर्मा

सफल मान्छेहरु आफुले गर्ने काम अलग तरिकाले गर्छन। कुरा नेपाल सरकारको नौ महिने प्रचण्ड सरकारका स्वास्थ्य मन्त्री गगन थापाले खरो उत्रिदै राम्रो काम गर्नलाई आफ्नो पदिय दायित्व र कर्तब्यलाई ईमानदारीपूर्वक पुरा गरिदिने हो भने पनि वाहवाह र स्यावासी पाईनेमा दुईमत छैन भन्ने कुरा पुष्टी गरिदिएका छन्।विगतमा सर्बोच्च अदालतका सम्माननिय प्रधान न्यायाधिश राम प्रसाद श्रेष्ठले केही चर्चित नेताहरुका विरुद्ध सर्बोच्च अदालतमा बिचाराधिन मुद्धाको कार्बाही किनारा गर्दै भ्रष्टाचार गरेको ठहर गर्दै फैसला गरेका थिए।त्यसैगरि मन्त्री लालबाबु पण्डीतले एक सच्चा श्रम क्षेत्रमा हलचल नै मच्चिने गरि नेपाली कर्मचारी सम्बन्धि नयाँ व्यवस्था लागु गरेर वाहवाही पाएका थिए।

कुनै बखत ऊर्जा मन्त्री बनेका गोकर्ण बिष्टले बिधुत चुहावट रोक्न उल्लेख्य भूमिका निर्बाह गरेर नेपालीहरुको वाहावाही बटुलेका थिए।यी त केवल प्रतिनिधी पात्र मात्र हुन आफ्नो पदीय भुमिका ईमानदारी पूर्वक निर्वाह गर्ने। जनताले खोजेका यी र यस्ता पात्रहरु आम नेपाली माझ बेला बखत देखिने गरेका छन्। यस पटकको नौ महिने प्रचण्ड सरकारका स्वास्थ्य मन्त्री गगन कुमार थापा पनि त्यस्तै पात्रका रुपमा आम जनताका आँखाका नानी बनेका छन् र हरेक नेपालीले भन्ने गरेका गगन जस्तो हुनुपर्छ मन्त्री भनेको। हुन पनि यी यूवा मन्त्रीले आम नेपालीका हृदयमा आफ्नो अड्डा जमाए। उनले कुनै नयाँ काम गरेर आम नेपालीका हृदयमा आफ्नो अड्डा जमाएका होईनन्।

तर उनले आफ्नो विभगिय मन्त्रीले गर्नुपर्ने काम फरक ढङ्गले गरेर देखाए। स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य क्षेत्रको उन्नती अनि बिकास गर्नु स्वास्थ्य मन्त्रीको दायित्व कर्तब्य अनि धर्म पनि हो। यस अघिका स्वास्थ्य मन्त्रीले केवल आयाराम गयाराम भन्दा उल्लेख्य कुनै त्यस्तो काम गरेनन् जसलाई आम जनमानसले महसुस गर्न सकुन्।तर गगनले तीनै कामहरुलाई अलग र फरक ढङ्गले गरेर देखाए।उनले आफ्नो नौ महिने कार्यकालमा स्वास्थ्य क्षेत्रलाई आम जनमानसलाई महसुस गर्न सक्ने गरि सुधार र नयाँ योजनाहरु लागु गरेर स्वास्थ्य क्षेत्रलाई आम जनमाससम्म सरकारको उपस्थिती महसुस गराए।

उनले मृगौला सम्बन्धि सेवामा मृगौला डायलासेस मेसिन किनि,काठमाडौं बाहिर डायलाईसिस सेवा विस्तार गर्दै डायलाईसिस सेवा पुरै निःशुल्क गराए, मृगौला प्रत्यारोपणको कार्य निःशुल्क रुपमा हुने व्यवस्था लागु गराए र मृगौलाको प्रारम्भीक परिक्षणका लागि डिपिस्टीक किट पठाउने व्यवस्था लागु गराए।त्यसैगरि मुटु सम्बन्धि स्वास्थ्य सेवामा हृदयरोग निवारण सेवा भेरीबाट सुरु गर्न पहल गरि जनकपुरमा पनि सुरु गर्न अध्ययन थाल्दै बाथमुटु रोगको शल्यक्रिया निःशुल्क गरिने व्यवस्था शुरु गराए भने नेपालमै कलेजो प्रत्यारोपण सेवा पनि सुरुवात गराए।

बाल स्वास्थ्य सेवामा कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था लागु गराए भने सैनिक अस्पताल सर्वसाधारणको पहुँचमा पुर्याए। हरेक सरकारी अस्पताल विहान ९ देखि ३ बजे सम्म अनिवार्य संचालन गर्नैपर्ने, ३ देखि ५ सम्म पेईङ सेवा सञ्चालन गर्न पाईने व्यवस्था लागु, सवै स्वास्थ्य चौकीहरु चार बजेसम्म चलाउन निर्देशन, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपकरण, औषधी र चिकित्सक व्यवस्था गरी झण्डै ७ सय चिकित्सक नियुक्त गरि खटाईयो भने ५०० स्वास्थ्य चौकीमा नसर्ने रोगको परिक्षण सुरु गराए।

पचहत्तरै जिल्लामा निशुल्क VIA Screening सेवा उपलब्ध, १०५३ स्वास्थ्य चौकीमा PEN प्याकेज व्यवस्था आउँदो आ.व. भित्र सबै स्वास्थ्य चौकीमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आत्मनिर्भर भएका औषधीहरु विदेशबाट ल्याउन नपाईने निर्देशिका लागु गरि विदेशबाट ल्याउनै पर्ने महंगा औषधी सरकारी निकायबाटै किनेर बेच्ने व्यवस्था शुरु गराइएको।५० भन्दा वढि अस्पतालमा फार्मेसीको स्थापना र संचालन गर्ने व्यवस्था लागु गर्दै सवै सरकारी अस्पतालमा बहिरंग सेवा १० देखि ५ बजे सम्म संचालन गर्नु पर्ने व्यवस्थाको शुरुवात। जिल्लास्तरबाट पनि औषधी खरिद गर्ने व्यवस्था गरि सरकारले सरकारी स्तरमै  फार्मेसी संचालनका लागि केन्द्रीयमा ३० लाख, क्षेत्रीयमा २५ लाख, उपक्षेत्रीयमा २० लाख, अंचलमा १५ लाख विउ पूजी पठाइएको थियो भने जिल्ला अस्पतालका लागि मात्रै ३ करोड ४४ लाख रुपैया विउपुजी पठाइएको थियो।

मुटु र क्यान्सरको उपचार सेवालाई विकास र विस्तार गरिएको थियो। विना दर्ता संचालन भएका स्वास्थ्य संस्थाहरु बन्द गराई कानुनी दायरामा ल्याइयो भने सरकारी स्वास्थ्यकर्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था पनि लागु गरिएको थियो।स्वास्थ्य सामग्री सर्जिकल सामग्रीको नियमन गर्ने पहिलो पटक प्रयासको शुरुवात भयो। विपन्न नागरिक उपचार सहायताको शुरुवात भयो:कडा रोगको सुचिमा ८ बाट १२ बनाइयो। केन्द्रीय अस्पतालहरुमा मानिसहरुको चापलाई  व्यवस्थापनका लागि कुपन प्रणाली लागु गराइयो।
काठमाडौमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना, क्रमश सवै नगरपालिकाहरूमा विस्तार गर्ने योजना समेत बनाइयव।

विरेन्द्र सैनिक अस्पताल र १० निजि अस्पताल सहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई निःशुल्क डायलाईसिस सेवाका लागि अनुमती दिइयो।सिकलसेल एनिमियाको परिक्षण तथा उपचारको शुरुवात धनगढीबाट गरियो। नेपाली सेनासँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै जाने योजनाकासाथ रौतहटबाट सुरुवात गरियो। मेडिकल कलेजहरुसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मीक शल्यक्रिया सहितको विषेशज्ञ सेवा सुरु गरिएको छ भने  नेपालगञ्जमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय पनि गरियो।

५० शैया भन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा ईकाई गठन गर्ने व्यवस्था लागु गरियो भने पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था लागु गरियो। सुर्तिजन्य पदार्थ जथाभावि बेच्न रोक, छुट्टै लाईसेन्स लिनु पर्ने व्यवस्था लागु गर्दै मेरो बर्ष, म स्वस्थ, मेरो देश स्वास्थ, अभियान सुरु गरियो।विद्यालयमा सामुदायिक नर्सको अवधारणा अघि सारि खोप निर्देशिका लागु, एम्बुलेन्स निर्देशिका लागु, प्रयोगशाला निर्देशिका लागु, मदिरा नियन्त्रण तथा नियमन निति लागु, मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागु गरिएको छ।

नियुक्ति तथा मनोनय संवन्धी मापदण्ड लागु, स्वास्थ्य संस्था स्थापना तथा संचालन निर्देशिका लागु,चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा सुविधा संवन्धी कार्यविधि लागु,बैदेशिक तालिम र भ्रमण संवन्धी मापदण्ड लागु,मदिरा ऐन लागु, आयुर्बेद नीति लागु, आचार संहिता लागु,गुणस्तर सुनिश्चितता संवन्धी ऐन लागु, प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका लागु,मानसिक स्वास्थ्य निति समेत कडाईका साथ लागु गर्दै सबैले महसुस गर्न सक्ने र सबैको चासोको बिषय भएको बिशिष्ट व्यक्तिहरुलाई उपलब्ध गराईने स्वास्थ्य उपचार खर्चलाई व्यवस्थित गर्न विशिष्टलाई १५ लाख रुपैया भन्दा बढी उपचार खर्च नदिने व्यवस्था सरकारीनितीलाई स्थापित गराए।

यस्ता आम नेपालीका आँखाका नानी बनेका यूवाहरुको मुटुको ढुकढुकी अनि यूवाहरुका प्रतिनीधी पात्रका रुपमा नेपाली काँग्रेसका यूवा नेता स्वास्थ्य मन्त्री गगन कुमार थापाले अघि सारेका स्वास्थ्य क्षेत्रका उल्लेख गरिएका र यी लगायत अन्य धेरै अधसरा योजनाहरु पुरा गराउन पनि गगनको निरन्तरता हुनु जरुरी देखिन्छ।यो लेखकको मात्र नभएर आम नाताको माग प्रत्क्ष र अप्रत्यक्ष रुपमा आवाजहरु गुञ्जीरहेका छन् जसलाई नेपाली काँग्रेसले ती आवाजहरुको सम्मान गर्नेमा आम जनमानस र स्वास्थ्य क्षेत्रसङ्ग चासो राख्ने आम स्वास्थ्यका उपभोक्ताहरुले बिश्वास गरेका छन्।