अमेरिकामा आँधी र बाढीमा ज्यान गुमाउनेको संख्या ४६ पुग्यो

अमेरिकामा आँधी र बाढीमा ज्यान गुमाउनेको संख्या ४६ पुग्यो

Hollywood Khabar September 02,2021 Comments

एजेन्सी । अमेरिकामा इदा नामको विध्वंशकारी आँधी र बाढीमा परि ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । न्यु जर्सी राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएपछि अमेरिकामा इदा आँधीबाट मृत्यु हुनेहरुको संख्या ह्वात्तै बढेको हो ।

अहिले खासगरी पूर्वी तटीय क्षेत्रहरु विभिन्न मौसमी विपतबाट गुज्रिरहेका छन् । आँधीपछि शहरमा बाढी पस्दा अधिकांश घर, व्यवसायीक कम्प्लेक्स तथा अन्य भौतिक पूर्वाधारमा क्षती पुगेको छ । मानिसहरु बेसमेन्ट पार्किङमा आफ्नो सवारी साधनमै अड्किएका छन् ।


यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले मौसमी प्रतकुलतासँग जुध्न अहिलेसमकै ठूलो लगानी गर्नुपर्ने बताएका छन् । आँधी प्रभावित राज्यका जनताका लागि संवोधन गर्दै बाइडेनले जलवायु परिवर्तनको कारण हरेक वर्ष मौसमी प्रतकुलता बढ्दै गएको बताए । यसबाट आम मानिसको जिवन रक्षा गर्न ऐतिहासिक लगानि आवश्यक भएको उनको भनाई छ ।