वाग्मतीमा सबैखाले सवारी शुल्क ईसेवाबाट भुक्तानी गर्न सकिने

वाग्मतीमा सबैखाले सवारी शुल्क ईसेवाबाट भुक्तानी गर्न सकिने

Hollywood Khabar September 21,2021 Comments

वाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क ईसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै  गर्न सकिने सेवाको सुरूवात भएको हो ।

यो सँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गएर लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । दुई पांग्रे, चार पांग्रे, ठ्ला तथा हेवी सावारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नविकरण ईसेवाबाटै गर्न सकिनेछ ।

ईसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै कर भुक्तानी, दर्ता र नवीकरण  गर्न सकिन्छ भने ईसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको ईसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिने जनाइएको छ ।