वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

Hollywood Khabar September 12,2021 Comments

 वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई निर्वाचित भएका छन् । समाजको आइतबार भएको १२औं साधारणसभाले आगामी दुई वर्षका लागि भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्वाचित भएका छन् ।


यस्तै, सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगार्इं निर्विरोध निर्वाचित भएको समाजका सल्लाहकार रामजी बगालेले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको भन्दै अधिकांश नेपाली रहरले नभई बाध्यताले विदेशिनु परेको बताए ।