भदौ महिनामा मानव अधिकार उल्लङ्घनका घटनामा १ सय २ जना पीडित

भदौ महिनामा मानव अधिकार उल्लङ्घनका घटनामा १ सय २ जना पीडित

Hollywood Khabar September 22,2021 Comments

इन्सेकले भदौ महिनामा १५ जना पुरुष र ८७ जना महिला गरी १ सय २ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।  इन्सेकका अनुसार प्रदेश २ मा २५, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा १५ जना, गण्डकी र बागमती प्रदेशमा १३र१३ जना, प्रदेश १ मा १० जना र सुदूरपश्चिम प्रदेशमा ८ जना पीडित भएका हुन् ।

भदौ महिनामा अपहरणका घटनामा दुई जना, कुटपिटका घटनामा दुई जना, घाइते एक जना, दुर्व्यवहारका घटनामा चार जना र धम्कीका घटनामा दुई जना पीडित भएको इन्सेकले जनाएको छ । भदौ महिनामा नौ जनाको हत्या गरिएको र बाल अधिकार उल्लङ्घनका घटनामा ४७ जना तथा महिला अधिकार उल्लङ्घनका घटनामा ३५ जना पीडित भएका छ्न् । 

त्यस्तै बाल अधिकार उल्लङ्घनका घटनामा परी ४६ जना बालिका र एक जना बालक गरी ४७ जना बालबालिका पीडित भएको इन्सेकले जनाएको छ । अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा ३८ जना, यौन दुर्व्यवहारका घटनामा ६ जना, बेचबिखन प्रयासको घटनामा एक जना र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भएका इन्सेकले जनाइएको छ ।

भदौ महिनामा मात्रै पीसीआर विधिबाट २ लाख ८९ हजार ३ सय ६१ ओटा स्वाब परीक्षण गरिएकोमा ४४ हजार ६ सय ९५ जनामा कोभिड पुष्टि भएको विश्लेषणमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कलाई आधार मानी विश्लेषण गर्दा भदौ महिनामा परीक्षण गरिएका स्वाबमध्ये १५।४४ प्रतिशतमा कोभिड पुष्टि भएको छ