भू–तथा जलाधार व्यवस्थापन कार्यलय नुवाकोटको उद्घाटन

भू–तथा जलाधार व्यवस्थापन कार्यलय नुवाकोटको उद्घाटन

Hollywood Khabar September 30,2021 Comments

भू–तथा जलाधार व्यवस्थापन कार्यलय नुवाकोटको उद्घाटन गरिएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटको कार्यक्षेत्र नुवाकोट, रसुवा र धादिङ रहेको छ । उक्त कार्यलयको उद्घाटन गर्नुहुदै वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले कार्यलयको सेवालाई थप प्रभावकारी र फराकिलो बनाउन नुवाकोट, रामेछाप र मकानपुरमा कार्यलय थप गरिएको बताउनुभएको छ ।

यस अघि सिन्धुपाल्चोक र ललितपुरमा मात्रै  भू–तथा जलाधार व्यवस्थापन कार्यलय रहेको थियो ।  सडक, खानेपानी, सिचाई तथा जलबिधुत आयोजनाले गर्दा वातावरणमा प्रतिकुल असर परिरहेकोले कानुनलाई टेकेर मात्र ती आयोजनाहरु सञ्चालन गर्नु आवस्यक रहेको मन्त्री पौडेलले बताउनुभएको छ । 

यस्तै कार्यक्रमलाई संवोधन गर्नुहुदै उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सरस्वती वाटीले जमिनको संरक्षण गर्न सके मात्र स्वस्थ जीवन ज्यून सकिने भएकोले जमिन संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ । सडकको पहुच पुगेको स्थानमा घर बनाउनुको सट्टा घर भएको ठाउँमा सडक पुग्दा वाढी पहिरो जस्ता विपद निम्तिरहेको उहाँको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटका अध्यक्ष कुलबहादुर खड्की लगायतले नुवाकोटमा नै भू–तथा जलाधार व्यवस्थापन कार्यलय स्थापना हुदा कार्यलयवाट प्रवाह हुने सेवा प्रभावकारी हुनेमा विस्वस्त रहेको बताएका छन् ।