बिदुर ५ मा गंगटे वाल उद्यान तथा शान्ति पार्क निर्माण

बिदुर ५ मा गंगटे वाल उद्यान तथा शान्ति पार्क निर्माण

Hollywood Khabar October 03,2021 Comments

विदुर नगरपालिकाको एक वडा एक पार्क अवधारण अनुसार वडा नम्बर ५ निवुवाडाडामा निर्माण गरिएको गंगटे वाल उद्यान तथा शान्ति पार्कको औपचारिक रुपमा सोमवार उद्घाटन गरिएको छ । पार्कको उद्घाटन कार्यक्रमलाई संवोधन गनुृहुदै वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले वनजंगलमा भौतिक संरचनाहरु निर्माण गर्न सकेमा पर्यटकलाई भुलाउने गतिलो गन्तव्य स्थल बनाउन सकिने बताउनुभएको छ ।

पर्यटन प्रवर्धन गर्ने उदेस्यले ककनी, चिम्टेश्वर लगायतको स्थानमा भ्यू टावर निर्माण गर्दा औचित्य नदेखिएको भन्दै उहाँले वाल उद्यान तथा शान्ति पार्कमा भ्यू टावर निर्माण गर्न सकेमा थप आर्कषक बन्नेमा विश्वस्त रहेको बताउनुभएको छ । पार्कको संरक्षण गर्ने जिम्मेवारी वडा, नगरपालिका या प्रदेश सरकार भनेर तोक्दा समस्या निम्तन सक्ने भन्दै मन्त्री पाण्डेले पार्कबाटै आम्दानी हुने श्रोत जुटाउन सकेमा संरक्षण गर्न र थप संरचना निर्माण गर्न सहज हुने बताउनुभएको छ । 

यस्तै कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री वद्री मैनालीले  खाली रहेको सार्बजनिक जमिनको सदुपयोग गरेर आर्थिक पक्षलाई सबल बनाउने सम्भावन प्रचुर रहेकोले प्रदेश सरकार त्यसमा केन्द्रित रहेको बताउनुभएको छ । उत्पादनको क्षेत्रमा लगानी गरे मात्र समृद्ध नेपाल सुखि नेपालीको नारालाई सार्थकता दिन सकिने उहाँको भनाई छ । निति नियम र योजना बनाउदा उत्पादन, उद्योग र रोजगारलाई विशेष प्राथमितका दिनुपर्नेमा मन्त्री मैनालीको जोड रहेको छ ।

वाल उद्यान तथा शान्ति पार्क निर्माण भएको स्थानमा विपि स्मृति प्रथमिक विद्यालय सञ्चालन गरिएको थियो । उक्त विद्यालयलाई च्वाडी पब्लिक माध्यमिक विद्यालयमा गाभिएको पनि ५ वर्ष भन्दा वढी भइसकेको छ । विनासकारी भूकम्प पश्चात त्यहाँ एकिकृत तादी विकास समाज नामक संस्थाले एक नमुन घर बनाएको छ । विपि स्मृति प्राथमिक विद्यालयको सम्झना रहने गरि उक्त घरलाई पुस्तकालयको रुपमा रुपान्तरण गरी पार्कलाई ज्ञान प्राप्त गर्ने थलोको रुपमा समेत लिन सकिने  जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको सुझाव रहेको छ ।       

विदुर नगरपालिकाको १३ वटै वडामा एकएक वटा पार्क निर्माण गर्ने योजना भएता पनि वडा नम्बर ५ नगरपालिकाको केन्द्रविन्दुको रुपमा रहेकोले विशेष प्राथमिकतामा गगटे बाल उद्यान तथा शान्ति पार्क परेको मेयर सञ्जु पण्डितले बताउनुभएको छ । उक्त पार्कलाई मिनि चिडियाखानाको रुपमा विकसित गर्ने लक्ष्य रहेको मेयर पण्डितको भनाई छ । आफ्नो कार्यकालमा  नितिगत धेरै योजनाहरु सम्पन्न गरे पनि नगरपालिकालाई पहिचान गराउने पार्कको रुपमा गगटे बाल उद्यान तथा शान्ति पार्क निर्माणले थप सन्तुष्टि मिलेको उहाँको भनाई छ ।

यस्तै पार्क उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर गीता कुमारी दाहालले भविस्यलाई सोचेर नगरपालिकाले योजना बनाइरहेको बताउनुभएको छ । संघ र प्रदेशसँग हातेपालो गर्दै नगरपालिकाको पहिचान झल्काउने संरचनाहरु निर्माण गरिरहेको भन्दै उहाँले आर्थिक सामाजिक र पुर्वाधारको क्षेत्रमा नगरपालिकाले फड्को मारेको बताउनुभएको छ । विदुर नगरपालिका र वागमती प्रदेशको आर्थिक सहकार्यमा निर्माण भएको गंगटे पार्कमा हेलिप्याड, पानीको फोहोरा, खुल्ला व्यायाम शाला, बालबालिकाको लागि खेल्ने पिङ, विश्राम स्थल लगायतको संरचना निर्माण गरिएको छ । पार्कलाई झनै व्यस्थित बनाउन कम्पाउण्ड बनाउनु आवस्यक रहेको वडा नम्बर ५ का वडा अध्यक्ष शिव चिबकारले बताउनुभएको छ । पार्कलाई अझै आकर्षित बनाउन भ्यू टावर, स्वीमिङ पुल, विभिन्न खेल स्थलको व्यवस्था गर्नलाई नगरपालिका र प्रदेश सरकारलाई वडा अध्यक्ष चित्रकारले ध्यानाकर्षण गराउनुभएको छ । 

पिक्निक स्पोट रुपमा समेत विकसित हुदै गइरहेको  गगटे वाल उद्यान तथा शान्ति पार्कको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, विदुर नगरपालिकाका पूर्व मेयर ठाकुरप्रसाद गजुरेल, वडा नम्बर ६ का वडा अध्यक्ष राजु सडौला, वडा नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी लगायतले नगरपालिकाको गहनाको रुपमा रहेको पार्कको  संरक्षण र थप व्यवस्थित बनाउन सम्वन्धित निकायले चासो दिनु आवस्यक रहेको बताएका छन् ।