कांग्रेसको १४ औं महाधिवेशन सुरु, नुवाकोटको ८८ वटै वडामा २१ गते अधिबेशन हुने

कांग्रेसको १४ औं महाधिवेशन सुरु, नुवाकोटको ८८ वटै वडामा २१ गते अधिबेशन हुने

Hollywood Khabar September 02,2021 Comments

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया शुक्रवारदेखि सुरु भएको छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत शुक्रवारदेखि वडा अधिवेशन सुरु हुने भएको हो । वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरु जिल्ला–जिल्ला पुगेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहसम्मै सक्रिय भएका हुन् ।

सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्ला अनुसार नै फरक–फरक रहेको छ । देशभर एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि नुवाकोटमा भने यहि भदौँ २१ गते सोमवार ८८ वटै वडामा अधिवेशन गर्ने निर्णय भएको छ जिल्ला सभापती जगदीश्वरनरसिंह केसीले बताए ।  

सोमवार हुने वडा महाधिवेसनलाई मध्यनजर गर्दै जिल्लाको विभिन्न वडाहरुमा भेला तथा छलफलहरु आयोजना भइरहेको छ । सर्वसममत रुपमा वडा नेतृत्व चयन गर्नलाई नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नुवाकोटले विशेष पहल गरिरहेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको आन्तरिक समस्याले हार व्यहोर्न नपरोस् भनेर पार्टीको अधिवेसन विवादमुक्त रुपमा सहमती र सहकार्यको साथ सम्पन्न गर्ने जिल्ला समापती केसीको भनाई छ । 
 

जिल्लाको महाधिवेसन गर्ने मिति तोक्ने, महाधिवेसनको लागि आवस्यक निर्वाचन अधिकृतहरु छनौट गर्ने लगायतको गतिविधिहरु पार्टीको विभिन्न पद र तहमा रहेका व्यक्तिहरुको सहमतीबाटै भएकोले ८८ वटै वडाको नेतृत्व पनि सहमतीबाटै चयन हुनेछ भन्नेमा ढुक्क रहेको सभापती केसीको भनाई छ । वडावडामा खटिने निर्वाचन अधिकृतहरुलाई शुक्रवार केन्द्रबाट आएका निर्वाचन अधिकृतले अधिवेसनको क्रममा उत्पन्न हुने समस्या समाधान कसरी गर्ने, आपसमा समन्वय र सहकार्य कसरी गराउने, निर्वाचन निर्देशिका, विधान, पार्टीको परिपत्र लगायतको विषयमा प्रशिक्षण समेत दिएको छ