काँग्रेसले टुंग्यायो ५ जिल्लाको क्रियाशील सदस्यता विवाद

काँग्रेसले टुंग्यायो ५ जिल्लाको क्रियाशील सदस्यता विवाद

Hollywood Khabar September 25,2021 Comments


नेपाली काँग्रेसले ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । शनिबार ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताए ।

बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी,  रसुवा र कैलालीमा रहेको छन् ।  पाँच जिल्लामा आइतबार नै निर्वाचन अधिकृत खटाइने पोखरेलले बताए ।

काँग्रेसको निर्णयअनुसार दसैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ ।