डडेलधुराको अधिवेशन अस्वीकार गर्ने पौडेल पक्षको निर्णय

डडेलधुराको अधिवेशन अस्वीकार गर्ने पौडेल पक्षको निर्णय

Hollywood Khabar September 12,2021 Comments

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ ।  सोमबार पार्टी कार्यालय सानेपामा बैठक गरेर पौडेल समूहले सभापति देउवाको गृह जिल्लाको वडा अधिवेशन अस्वीकार गर्न निर्णय गरेको हो ।

डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल समूहको ठहर छ । तल्लो तहबाट सिफारिस क्रियाशील सदस्य हटाउने र थप्ने काम आपत्तिजनक भएको पौडेलले बताए । काँग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अधिवेशन समेत अनिश्चित छ ।

देउवाको गृह जिल्लामा जिल्ला कार्यसमिति र वडा समितिले बहिस्कार गरेको पौडेलको भनाइ छ । यसले काँग्रेसको १४ ओैं महाधिवेशन निष्पक्ष हुनेमा आशंका उब्जिएको पौडेलले बताए । डडेल्धुरामा सबैलाई समेटेर फेरि वडा अधिवेशन गर्नुपर्नेमा पौडेल पक्षको जोड छ । २५ गते भएको वडा अधिवेशनलाई मान्यता नदिन काँग्रेसको निर्वाचन समितिसँग माग गरेको छ ।