दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै सरकार

दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै सरकार

Hollywood Khabar September 13,2021 Comments

दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीले जनाएको छ । महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेसँगै विभिन्न क्षेत्रका उद्योग, व्यवसाय प्रभावित भएका छन् । तर, पछिल्लो समयमा सरकारले निषेधाज्ञा हटाएको छ । 

तर, बजार भने पूर्ववत रूपमा फर्कन अझै समय लाग्ने व्यवसायीहरूको भनाइ छ । कम्पनीले भने दशैं जस्तो चाडमा खसी, बोका र च्यांग्राको मासु कम नहोस् भन्न खरिदको प्रक्रिया अगाडि बढाउने जनाएको छ । कम्पनीका अनुसार खसी९बोका १५ सय र च्यांग्रा १५ सय ल्याउने कम्पनीका विभागीय प्रमुख भीम थापाले बताए । गत वर्ष दशैंमा १५ सय नौवटा च्यांग्रा र खसी ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीले उपभोक्ताको मागअनुसार खसी–बोका तथा च्यांग्रा खरिद गर्ने जानकारी दिएको छ । उनले अहिले बजारमा डिजेलको भाउ पनि बढ्दै गएकाले ढुवानी खर्च पनि बढ्ने भन्दै सो कुरालाई ध्यानमा राखेर मूल्य तोकिने बताए । गत वर्ष खसी–बोका प्रतिकेजी पाँच सय ५० रुपैयाँ तोकिएको पनि उनले बताए । उपत्यकामा खसी–बोका तथा च्यांग्रा मुस्ताङ, मकवानपुर र दाङका किसानबाट खरिद गरिने जानकारी दिए । यसले गर्दा कम आयस्रोत भएका व्यक्तिले पनि उपभोग गर्नसकिने उनको दाबी छ । साथै, खसी–बोका तथा च्यांग्राको उपभोगबाट वञ्चित नहुने उनले बताए । न्युज कारखाना